शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सखुानन्कारकट्टीमा दोस्रो झण्डा महोत्सव हुँदै
माघ २२, २०७६ | फिरोज शेख


फिरोज शेख लहान २०७६ माघ २२  -
" कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान " भने मूल नाराका साथ सखुानन्कारकट्टीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउनको लागि सखुानन्कारकटी गाँउपालिकाले दोस्रो पटक ग्रामीण भेगमा महोत्सवको आयोजना गर्न लागेको आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्। पत्रकार सम्मेलनमा जनाए अनुसार कृषि औजार तथा उपकरणहरु,विभिन्न उपभोग्य सामानहरु,लताकपडा,घरायसी तथा दैनिक प्रयोजनका विविध सामग्रीहरुको व्यपार,व्यवसाय तथा प्रदर्शनी ,
परम्परागत भेषभूषा तथा संस्कृति जगेर्ना , कृषिलाई आधुनिकीकरण गर्न प्रोत्साहन, हस्तकला तथा घरेलु उत्पादनहरुको प्रदर्शनी र नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० सफल बनाउन आन्तरिक तथा बाह्रय पर्यटन भित्राउनका लागि महोत्सवको आयोजना गर्न लागेको झण्डा महोत्सव मूल आयोजक समितिले जनाएको छ।

पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक केदारनाथ यादवले पत्रकारहरु लाई जानकारी गराउदै भन्नुभयो, विगतका वर्षहरुमा हनुमानको पूजा अर्चना गरि मानाईदै आइरहेको झण्डा मेलालाई महोत्सवमा परिणत गर्दै दोस्रो सखुवानन्कारकट्टी महोत्सव २०७६ को आयोजना गरिएको हो।माघ २३ गतेदेखि फागुन ३ गतेसम्म लाग्ने महोत्सवका लागि गाँउपालिकाले ३४ लाख ५० हजार बजेट छुट्याएको छ।

महेश्वारी थानाचौकमा आयोजना हुन् लागेको दोस्रो महोत्सवमा राष्ट्रियता झल्किने आकर्षण राष्ट्रिय झण्डा, व्यपार तथा व्यवसाय,परम्परागत भेषभूषा झल्किने संस्कृति कार्यक्रम,विधार्थीहरुद्वारा विज्ञान तथा प्रविधि प्रदर्शनी,कृषि उपजहरुको प्रदर्शनी,स्वास्थ्य शिविर तथा चेतनामूलक कार्यक्रमहरु हुने जनाइएको छ। माघ २३ गते विहान ८ बजे विशाल शोभा कलश यात्रा तथा महोत्सवको उद्घाटन माघ २३ गते विहिबार दिनको १ बजे नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुष्प कमल दाहाल ( प्रचण्ड ) को प्रमुख आतिथ्यमा उनको हात बाट हुने मूल आयोजक समितिले जनाएका छन्।  मूल आयोजक समितका अध्यक्ष केदारनाथ यादबको अध्यक्षता तथा प्रदेश २ सिरहा जिल्ला क्षेत्र नम्वर १ (ख ) का प्रदेश सभा सदस्य अशोक  यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलनमा गाँउपालिका उपाध्यक्ष अमला देवि यादव, प्रमुख प्रशासकिय अधिकृत राजकुमार दास, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता लगायत विभिन्न मिडियामा आवद्ध करिब ४० जना संचारकर्मीहरुको  उपस्थिति रहेको थियो।उद्घाटन समारोहमा ड्रोंन क्यामरा बाट पुष्प वर्षा संगै सुरक्षा निगरानीको व्यवस्था गरिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.