शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान जेसीज २०२० को अध्यक्षमा बसन्त
माघ २८, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मेडिया हाउस प्रालि २०७६ माघ २८ - 
लहान सिटिजेसीजको साधारण सभाको निर्वाचन प्रक्रिया बाट सन् २०२० का लागि बसन्त कुमार साहको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ। लहानमा अवस्थित सिम्रिक होटलको सभा हलमा आयोजित १७ औं वार्षिक साधारण सभामा अध्यक्ष पदका तिन उम्मेदबार बीच सहमति नहुँदा अध्यक्ष पदका लागि भएको निर्वाचन बाट साह ८० % मत प्राप्त गरि भारि मतले निर्वाचित हुँदै उहाको नेतृत्वमा निर्बिरोध चयन भएका पदाधिकारी सहित सन् २०२० का लागि नयाँ कार्यसमिति चयन भएका छन्।भने केही महत्वपूर्ण पदमा अध्यक्षले पदस्थापन समारोहमा मनोनित गर्ने नवनिर्वाचत अध्यक्ष साहले बताए। साधारणसभाले २०१९ का महासचिव गंगा प्रसाद यादव द्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष अनिल कुमार महतो द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेका छन्। सन् २०२० को अध्यक्ष पदकालागि सुरुमा निर्वाचत अध्यक्ष साह संगै कृष्णा कुमार गुप्ता,आशा यादव,गंगा यादव र अनिल कुमार महतो गरि ५ जनाले उम्मेदवारी दर्ता गराए पनि निर्वाचन अधिकृत उमेश कुमार चौधरी र वर्ष २०१९ का अध्यक्ष राजु मण्डलको सहमतीय प्रयासमा आशा यादव र गंगा यादवले निर्वाचित साहलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए पनि कृष्णा कुमार गुप्ता र अनिल कुमार महतोले निर्वाचत साहलाई समर्थन नगर्दा अधिवेशन मतदान प्रक्रियामा गएको थियो। मंगलबार दिउँसो १ बजे देखि ५ बजे सम्म भएको मतदानमा ७५ जना जेसिज सदस्यहरु रहेकोमा ५३ जनाले मतदान गरेका थिए ।जस मध्ये अनिल कुमार महतोको ४ मत ,कृष्णा कुमार गुप्ताको 7 मत र अध्यक्ष साहले ४२ मत प्राप्त गर्दै भारि मतले निर्वाचित भएका छन।

सन् २००८ देखि जेसीज अभियानमा जुटेका साहले लहान जेसिजको उपाध्यक्ष,जनसम्पर्क अधिकारी, शाखा सम्पादक, फिम डाइरेक्टर , कार्यकारी उपाध्यक्ष, कोषा-अध्यक्ष, महासचिव , कानुनी सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन्। सन २००२ मा स्थापना भएको लहान सिटि जेसिजले हालसम्म एक जना संस्थापक अध्यक्ष गरि १६ जना अध्यक्ष प्राप्त गरिसकेका छन, भने संस्थापक अध्यक्ष बसन्त साह र पुर्व अध्यक्ष धरणीधर अधिकारि गरि दुई जना राष्ट्रिय उपाध्यक्ष, एक जना पुर्व अध्यक्ष राजबाबु साह राष्ट्रिय कार्यकारी उपाध्यक्ष,राष्ट्रिय कानुनि सल्लाहकार र राष्ट्रिय चिफ ट्रेनर संगै सन् २०१७ देखि लगातार ३ वर्ष देखि राष्ट्रिय बेस्ट ट्रेनर नेशनल अवार्ड बाट सम्मानित भइसकेका छन।भने वर्ष २०२० नेपाल जेसिजको नेशनल toyn चेयरमेनमा लहान जेसिजका पुर्व अध्यक्ष विकाश सारडा मोनोनित हुनु भएका छन्।

जेसीजको दर्जनौ क्षेत्रीय र राष्ट्रिय सम्मेलनमा सहभागी भईसकेका नवनिर्वाचित अध्यक्ष साहले आफ्नो कार्यकालमा जेसीजलाई सशक्त रुपमा क्रियाशील बनाउने बताए। जेसीजको विधान, भावना र मान्यताअनुरुप जेसीज अभियानलाई सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले शान्ति र समृद्धिकालागि जिम्मेवार यूवाहरुको निर्माण गर्न र वर्ष २०२० लाई उपलब्धिमूलक बनाउने प्रतिबद्धता व्यक्त गरे।सन् २०२० का लागि अध्यक्ष बसन्त कुमार साह,कार्यकारी उपाध्यक्ष रामेंद्र पंजियार,गायत्री सिंह,तालिम निर्देशक गौरब साह, जनसम्पर्क अधिकारी सन्तोष कुमार साह,उपाध्यक्ष उमेश कुमार साह,जागेश्वर पासवान,प्रल्हाद प्रसाद साह र बिनोद कुमार साह रहेका छन। 

 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.