शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सखुवानन्कारकटीमा आयोजित १० दिने दोस्रो झण्डा महोत्सव सम्पन्न
फाल्गुन ३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ फागुन ३ -
‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ सखुवानन्कारकटीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउनको लागि सखुानन्कारकटी गाँउपालिकाको महेश्वारीमा दोस्रो पटक आयोजित १० दिने झण्डा महोत्सव सम्पन्न भएको छ। नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको हात बाट उद्घाटन गरिएको १० दिने झण्डा महोत्सवको समापन सिरहा क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्य तथा सिरहा जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरको विशिष्ट आतिथ्य र जिल्ला समन्वय समितिका उपाअध्यक्ष सरोज कुमार यादव , समाजसेवी रामशंकर यादव लगायत वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,विभिन्न संघ संस्थाका प्रतिनिधि ,संचारकर्मी आतिथ्यतामा सम्पन्न भएको छ।

सखुवानन्कारकट्टी गाउँपालिकाको आयोजनामा आयोजित झण्डा महोत्सवमा राष्ट्रियता झल्किने आकर्षण राष्ट्रिय झण्डा, व्यपार तथा व्यवसाय,परम्परागत भेषभूषा झल्किने संस्कृति कार्यक्रम,विधार्थीहरुद्वारा विज्ञान तथा प्रविधि प्रदर्शनी,कृषि उपजहरुको प्रदर्शनी,स्वास्थ्य शिविर तथा चेतनामूलक कार्यक्रमहरु, परम्परागत भेषभूषा तथा संस्कृति जगेर्ना , कृषिलाई आधुनिकीकरण गर्न प्रोत्साहन, हस्तकला तथा घरेलु उत्पादनहरुको प्रदर्शनी र भिजिट नेपाल २०२० लाई सफल बनाउने उदेश्यका साथ आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्धनका लागि माघ २३ गते देखि फागुन ३ गते सम्म महोत्सवको आयोजना गरिएको झण्डा महोत्सव मूल आयोजक समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए। अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथिको आसन बाट बोल्दै प्रदेश सभा सदस्य यादवले भन्नु भयो " उमेरमा कान्छो देखिए पनि वुद्धि र विकासात्मक क्षमता भएको गाउँपालिकाअध्यक्ष यादवले जनभावना अनुरुप काम गर्दै ‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सखुवानन्कारकटीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउन दोस्रो पटक आयोजना गरिएको झण्डा महोत्सवले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आयआर्जनका लागि स्थानीय कृषि तथा वस्तुहरुको पहिचान सहित बजार प्रबर्धन गर्न सघाएको छ। स्थानीय घरेलु तथा हस्तकला सम्बन्धी उद्योगहरुको बिस्तार गर्दै स्थानीय उत्पादन,कृषि,पशुसेवा,विभिन्न बहुमुल्य जडिबुटी,घरेलु उद्योग , कृषिजन्य वस्तुको प्रचार-प्रसार र बजारीकरणको प्रवर्धन , स्थानीय उद्यमी, व्यवसायी तथा उपभोक्तालाई एक ठाउँमा ल्याएर व्यवसाय प्रवर्धनमा योगदान पुर्याउदै यस गाउँपालिकालाई देश तथा विदेशमा चिनाउन सफल भएको आफु लगायत नेकपाका अध्यक्ष प्रचन्डलाई पनि महसुस भएको बताए।

विभिन्न जातजातिको भेष भुषा झल्किने पहिरन तथा प्रदर्शनी,विधार्थीहरुद्वारा विज्ञान तथा प्रविधि  प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क स्वास्थ्य उपचार, स्थानीय कलाकारहरुको मनोरञ्जनात्कम कार्यक्रम, स्थानीय कला संस्कृति झल्काउने झाँकी प्रदर्शनी संगै विभिन्न कलात्मक नृत्य प्रर्दशन गरि सखुवानन्कारकट्टी गाउँपालिका लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा सभा अध्यक्ष केदार यादव लाई धन्यवाद दिदै महोत्सव लाई निरन्तरता दिन आग्रह समेत गरे। यसै बीच झण्डा महोत्सव मूल समितिका संयोजक तथा गाउपलिका अध्यक्ष केदारनाथ यादवले १० दिने दोस्रो झण्डा महोत्सवलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउन सहयोग गरेका कृषि, शिक्षा,विज्ञान,स्वास्थ्य ,संस्कृति तथा संचारक्षेत्रमा आवध सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्दै विभिन्न विधामा उत्कृष्ट हुनु भएकाहरुलाई पुरस्कार र मायाको चिनो सहित सम्मान गर्नु भएको थियो। समापन समारोहमा स्थानीय गायक संगै विभिन्न सांगीतिक कल्वका  युवा कलाकारहरुले आ - आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए। भने सांस्कृतिक कार्यक्रमको उद्घोषण राजु गुप्ताले गरेका थिए।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.