शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
७० औं प्रजातन्त्र दिवस लहानमा पनि मनाइयो
फाल्गुन ७, २०७६ | फिरोज शेख

फिरोज शेख /शेख मिडिया हाउस प्रालि लहान २०७६ फागुन ७ -
१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेका छन्।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ । प्रजातन्त्र दिवस मूल समारोह समितिले आज विहान सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गरेको थियो ।समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतको उपस्थिति रहेको थियो ।
यसै बीच आज ७० औँ प्रजातन्त्र दिवसको अवसरमा लहान नगरपालिकाले पुरानो लहान नगरपालिकाको कार्यलयको प्रांगण बाट प्रभात फेरी कार्यक्रमको आयोजना गरि नगर परिक्रमा गरेका छन्। लहान नगरपालिका नगरप्रमुख मुनि साहको अध्यक्षता तथा ईलाका प्रसाशन कार्यलय लहानका प्रमुख कमल राज भण्डारी , उप-प्रमुख सरियार चौधरी वडा अध्यक्ष ,कर्मचारी , सुरक्षाकर्मी ,संचारकर्मीको सहभागितामा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ। प्रभातफेरीको कोणसभा लाई सम्बोधन गर्नु हुँदै नगरप्रमुख साहले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो रहेको बताएका छन्। प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि वलिदानी दिएका सयौ विर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको विर योद्धाहरु प्रति सम्मान समेत प्रकट गर्नु भयो।
त्यस्तै प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका नेताहरुले प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्ने जनाएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.