शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एभरेष्ट कलेजको २१ औ वार्षिक उत्सव सम्पन्न
फाल्गुन ८, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ फागुन ८ - 
लहान ३ मा अवस्थित लहान एभरेष्ट कलेज तथा एभरेष्ट एजुकेशनल एकेडमीले सफलता पुर्वक बुधबार आफ्नो २१ औ वार्षिक उत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन्।लहान एभरेष्ट कलेजका बिद्यालय ब्यब्बस्थापन समिती अध्यक्ष संजय शर्माको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य  पदम नारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वार्षिक उत्सव कार्यक्रममा शिक्षा , राजनीतिक , सामाजिक , पत्रकारिता तथा मनोरंजन , साहित्य लगायत लहान एभरेष्ट कलेज लाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरि अतुल्नीय योगदान पुरयाई रहनु भएका व्यक्तित्वहरुलाई मिथिलाको गम्छा र मायाको चिनोले सम्मान गरिएको थियो। कार्यक्रमको विशिस्ट अतिथि तथा अतिथिहरुमा प्रदेशसभा सदस्य लगन लाल चौधरी ,समाजसेवी केदारनाथ यादव, साहित्यकार अर्जुन प्रसाद गुप्ता दर्दिला,बस्तीपुर माविका प्रधानाध्यपक राम नारायण साह, लहान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम दयाल महतो , लहान सिटि जेसिजका पुर्व अध्यक्ष रियासत लिमि मुन्ना,समाजसेवी पुनम चौधरी,लोट्स स्कुलका प्रिन्सिपल सुदिप चौधरी,जिल्ला उधोग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक अग्रवाल, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

वार्षिक उत्सव समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ,विशिस्ट अतिथि तथा अतिथिहरुले " लहान एभरेष्ट कलेजले २० औ वसन्त पुरा गरि २१ औ वसन्तमा शिक्षाको क्षेत्रमा निकै फडको मार्न सफल भएको बताएका छन्। ४९ जना विद्यार्थी तथा ५ जना शिक्षक बाट सुरुवात गरेको यस कलेजमा अहिले ६९१ विधार्थी र ५४ जना शिक्षकहरुको संख्या पुग्नु आफैमा सराहनीय रहेको बताए। विगत दुइ दशक देखि लहान क्षेत्रमा गुणस्तरीय शिक्षा दिन सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे। निजी विद्यालयहरुले गरेको प्रगतिवाट सिकेर सामूदायिक विद्यालयहरुले आफनो सुधार गर्न लाग्नुपर्छ । निजी र सामूदायिक विद्यालयहरु मिलेर गुणस्तरीय शैक्षिक बातावरण तयार गर्न लाग्नुपर्छ । यस भेगका विद्यालयहरुको लागि प्रेरणाको श्रोत बन्दै गैरहेको लहान एभरेष्ट कलेज सहित प्याब्सन र एन प्याब्सनमा आवध विद्यालयहरु एक जुट भई शिक्षा क्षेत्रमा भइरहेको भ्रष्टाचार तथा लुट तनत्र लाई नियन्त्रण गरि शिक्षाको स्तर उन्नतिमा लाग्नुपर्ने कुरामा जोड दिएका छन्। ”

लहानका विधार्थीहरुलाई उच्च शिक्षाको लागि पलायन हुनवाट रोक्न शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने । यसको लागि निजी र सामूदायिक विद्यालयले गरेका राम्रा पक्षहरुलाई आदान प्रदान गरेर अघि वढनु पर्छ । अभिभावक , प्रधानाध्यापक , नागरिक समाज , शिक्षा प्रेमीहरुको सामूहिक प्रयासवाट लहान नगरपालिकामा शैक्षिक सुधारको बातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे।

२०५६ सालमा स्थापना भएको यस विद्यालयले २१ औ वार्षिक उत्सवको शुभ अवसरमा विभिन्न संस्कृतिक कार्यक्रमका साथै विभिन्न विधामा उत्कृष्ट भएका विधार्थीहरु लाई अतिथिको हात बाट शिल्ड तथा मेडल समेत प्रदान गरेका छन्। कार्यक्रमको उद्घोषण रमिता नेपाल र प्रिन्सिपल चक्रपाणि दाहालले गर्नु भएको थियो । स्वागत मन्तव्य तथा प्रतिवेदन विद्यालयका प्रमुख धरणीधर अधिकारीले प्रस्तुत गर्नु भएको थियो। त्यस्तै अतिथिहरुलाई मायाको चिनो विद्यालयका संस्थापक माधव राज शर्मा , सिता देवी शर्मा ,प्रमुख धरणीधर अधिकारी , प्रिन्सिपल  चक्रपाणि दाहाल संगै व्यवस्थापक संजय शर्माले प्रदान गर्नु भएको थियो । कार्यक्रममा अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.