शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एनएमबीले सिरहामा ल्यायो " प्रोजेक्ट स्वरोजगार " कार्यक्रम
फाल्गुन ८, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ फागुन ८ - 
एनएमबी बैंकले दिगो विकासको लागि दिर्घकालिन उदेश्यको साथ अवसरहरुको सिर्जना तथा प्रवर्द्धन गर्न संचालनमा ल्याएको सामाजिक उत्तर दायित्व अन्तर्गत प्रोजेक्ट स्वरोजगार कार्यक्रम ल्याएको एक कार्यक्रमका बीच पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। समृद्ध नेपालको लागि विकास भन्ने मूल उदेश्यका साथ ल्याइएको प्रोजेक्ट स्वरोजगार कार्यक्रम मुख्यतय नवीनतम तथा अनुभवी उधमीहरुको सिप ,मनस्थिति  तथा क्षमता विकास गर्न लागिएको कार्यक्रम रहेको अवधारणा तथा कार्यक्रम संयोजक संस्था ग्लोकलका आशिष ठाकुरले पत्रकार सम्मेलनमा जानकारी गराए।

एनएमबी बैंक र ग्लोकल प्रालिको साझेदारीमा डिजाइन गरिएको यो परियोजना अन्तर्गत सिरहाका ५० जना व्यक्तिलाई नि:शुल्क प्रशिक्षण प्रदान गर्ने छन्।जसले उधमशिलता र क्षमता विकास गर्न मद्द्त गर्ने एनएमबी बैंक प्रदेश २ का प्रमुख राजेश तिमलसिनाले जानकारी दिए ।तालिमका लागि उधमी संलग्नता ,रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरि सहभागीको छनोट गरिने र ४ दिने तालिममा सम्बन्धित क्षेत्रमा अनुभवी प्रशिक्षकहरु द्वारा प्रशिक्षण प्रदान गरिने समेत प्रमुख तिमलसिनाले पत्रकार सम्मेलनमा जानकारी गराए।

आवेदनका लागि इच्छुक आवेदकहरुले फारम भरि सिरहा जिल्ला भित्र रहेका एनएमबी बैंकका ५ वटै शाखा र अग्रिमा एजुकेशनल एकेडमी लहान ४ कार्यलय बाट नि:शुल्क फारम लिएर भर्न सक्ने व्यवस्था रहेको छ,भने आवेदन फारम २०७६ फाल्गुन २७ गते सम्म भर्न सक्ने व्यवस्था मिलाइएको छ। 

छनोट मापदण्ड 

( क ) सहभागीको उमेर १८ वर्ष पुगेर ४० वर्ष ननाघेको हुनुपर्ने ( २०७६ चैत्र ८ गते सम्म ) 
( ख ) सहभागी सिरहा जिल्ला निवासी हुनुपर्ने ।
( ग ) सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोण सहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने सम्भावना भएको व्यावसायमा आवद्ध भएको हुनुपर्ने ।   
( घ ) सहभागी २०७६ चैत्र ५ गतेदेखि ८ गतेसम्म कार्यक्रका लागि दिन भर उपस्थित हुनुपर्ने ।

सहभागीले के प्राप्त गर्न सक्छन ? 

( क ) अनुभवी प्रशिक्षकहरु द्वारा उधमशिलता विकास तालिम नि : शुल्क प्राप्त गरि व्यावसायिक ज्ञान वृद्धि गरि व्यापार विकासका लागि सहयोग प्राप्त गर्न सक्ने ।
   ( ख ) वित्तीय पहुँचका लागि सहजता  
   ( ग ) बैंकको तर्फ बाट निरन्तर परामर्श ,सहयोग तथा सहुलियत दरमा ऋण उपलब्ध हुने 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.