शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
१५ लाख भन्दा बढी मुल्य बराबरको सुन र लागु औषध
फाल्गुन १३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ फागुन १३ - 
लागु पदार्थ नियन्त्रणमा नाम कमाउन सफल भएको लहान प्रहरीले संभवत पहिलो पटक अवैध १९ तोला ९७ लाल सुनसहित दुईजना लाई   सहिद चौकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका -१९ बस्ने मोहम्मद मोतिउल रहमान र मोहम्मद मुर्तुजा रहेका छन् ।डिएसपी थापाका अनुसार मंगलवार बिहान काठमाडौंबाट लहान भएर बिराटनगर तर्फ जाँदै गरेको ना ४ ख ९३५७ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहानको सहिद चौकमा दुई जना युवाले ना ४ ख ९३५७ नम्बरको बसबाट रिसिभ गरेको १९ तोला ९७ लाल सुन लहान प्रहरीले चेकजाँच गर्दा दुईजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा झेत्रीले जानकारी दिए ।डिएसपी का अनुसार उनीहरुको साथबाट सुनको ४ वटा चेप्टो टुक्रा गोलो बनाई राखेको सुन २३३ ग्राम (१९ तोला ९७ लाल) अन्दाजी मुल्य रु।१५ लाख ५८ हजार ७९ र ३८प. २६३२ नम्बरको मोटरसाइकलको मुल्य रु।५० हजार गरी जम्मा मुल्य रु।१६ लाख आठ हजार उनान्न असी रुपैया  बराबरको सुन, मोटरसाइकल सहित मानिसलाई पक्राउ गरी जिल्ला भन्सार कार्यालय ठाडी, सिरहामा बुझाईएको छ।

त्यस्तै सिरहा प्रहरीले लागु औषध सहित एक जना लाई पक्राउ गरेको छ। जिल्ला सिरहा कर्जन्हा नगरपालिका ३ जनक चोक स्थित ईलाका प्रहरी कार्यलय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले स।१० प।३४०२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका ५ टडिया बस्ने वर्ष ३४ को तिर्थ बहादुर कार्कीले मोटरसाइकलको सिट मुनि र शरीरमा लुकाई छिपाई ल्याएको डाईलेक्स डि।सी। 100 ML को ५ बोतल, नाईट्रोभेट ट्याब्लेट २२ पिस, स्पास्मो ट्याब्लेट १५ पिस लागु औषध सहित मो।सा। र मानिसलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय मिर्चैया सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.