शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पाँच दिने नि: शुल्क शल्यक्रिया शिविर शुरु
फाल्गुन १९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ फागुन १९ - 
विपन्न बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्न सप्तऋषि अस्पतालले ५ दिने हाडजोर्नी शल्यक्रिया शिविरको आयोजना गरेको छ। लहान नगरपालिका र नेपाल ट्रमा सोसाईटिको समन्वय, इम्प्याक्ट नेपालको प्राविधिक सहयोग तथा सप्तऋषि अस्पतालको आयोजनामा आयोजित बेल्जियमका प्रख्यात चिकित्सकीय टोलिहरु द्वारा आयोजित ५ दिने शिविर सोमबार देखि सुरु भएको  सप्तऋषि अस्पतालका मेसु डाक्टर शुभास बाबु साहले जानकारी दिएका छन। शिविरमा हात तथा खुट्टा भाच्चियेर नजोडिएको अथवा वांगो भएर जोडिएको , शल्यक्रिया गरेर स्टिल लगाएको तथा निकाल्नु पर्ने अवस्था भएको,हात वा खुट्टा भाच्चियेर उपचार गराउन नसकेको , शल्यक्रिया गरेर पनि हाड नजोडिएको ,
हाडजोर्नी सम्बन्धि कुनै पनि किसिमको शल्यक्रिया गर्नु पर्ने लगायतका विरामीलाई सुविधा प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै 
शिविरमा शाल्क्रिया खर्च नि:शुल्क, इम्प्लानटको खर्च नि:शुल्क, प्लास्टर खर्च नि:शुल्क छन ,भने औषधि तथा प्रयोगशाला खर्च विरामी आफै  तिर्नु पर्ने जनाइएको छ। 

शिविरमा ३ जना विशेषज्ञ डाक्टरले शल्यक्रिया तथा उपचार सेवा प्रदान गर्नेछन् । टोलीमा बेल्जियमका सर्जन डा.लुडो द बोर्रे,डा. सिबिले कास्तेलियन, श्रीमती भेरोनिक बिलोक स्क्राब नर्स (बेल्जियम), डा.महेश प्रसाद श्रीवास्तव (नेपाल),सुरज के.सी।(प्रोग्राम अफिसर) तथा डा. सुभाष बाबु शाह (ट्रांस्लेटर) भाषा सम्झाउन सघाई रहेका छन। विपन्न नागरिकलाई जिल्लामै उपचार तथा शल्यक्रिया सेवा दिन शिविर आयोजना गरिएको डा, शाहले जानकारी दिए। उनका अनुसार वर्षौंदेखि हाडजोर्नीको समस्या भई बाहिर गएर उपचार गराउन नसकेका बिरामीले शिविरबाट लाभ लिनेछन् ।‘आर्थिक अवस्था कमजोर तथा अन्य कारणले उपचार पाउन नसकेका स्थानीयलाई शल्यक्रिया, उपचार तथा परामर्श दिइरहेका छौं,’ उनले भने, ‘मुलुकका सुविधासम्पन्न अस्पतालले दिने सेवा निःशुल्क रुपमा जिल्लामै दिन खोजिएको हो।

यसै बीच शिविरको पहिलो दिन ( सोमबार ) करिब ३२ जना विरामी ओ,पी,डि सेवा लिदै हाडजोर्नी समस्या सम्बन्धि सल्लाह-सुझाव लिएका छन । भने एक जना विरामीको भाच्चिएको देब्रे हातको विना अप्रेशन शियाम पद्धति द्वारा हाड मिलाएर प्लास्टर लगाइएको छ I शिविर फागुन १९ गते देखि २३ गते सम्म संचालन हुने आयोजकले जनाएका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.