शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा प्रहरीद्वारा ५ पक्राउ,एक को ज्यान गयो
फाल्गुन २०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ फागुन २० - 
सिरहाको लहानमा २ जना लागु औषध सहित पक्राउ परेका छन। लहान न.पा.४ श्रीजी डिपार्टमेन्ट स्टोरमा ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीको कमान्डमा खटिएको गस्ती टोलीले चेकजाँच गर्दा जिल्ला सिरहा लहान न.पा. ५ बस्ने  वर्ष २१ को दिपेन्द्र कुमार यादव र सोहि वडा वस्ने वर्ष २१ कि विपना मानन्धरको साथबाट लागु औषध गाँजा ११ ग्राम, नाईट्राभेट ८१ पिस फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको डिएसपी शरत थापा क्षेत्रीले जानकारी दिएका छन।
 
यसै बीच सिरहा प्रहरीले डाँका मुद्दाको फरार प्रतीवादी पक्राउ गरेका छन। जिल्ला सिरहा अर्नमा गा.पा.-३ स्थित ईलाका प्रहरी कार्यलय अर्नमा सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले डाँका मुद्दाको फरार प्रतिवादी गोलबजार न.पा.-५ बस्ने वर्ष ४० को दिलिप भन्ने बिजय महतोलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला आदालत सिरहामा बुझाई पुरपक्षको लागी कारागार चलान गरीएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
 त्यस्तै लहान न.पा. वडा नं. ११ बस्ने बर्ष २२ को दिनेश साह ज्यान मार्ने उधोग मुद्दाको फरार प्रतिबादीलाई बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले निजको घर वतनमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आवश्यक कार्वाहीको लागी जिल्ला आदालत पठाएकोमा बयानको काम पुरा नभएकोले पुन ईलाका प्रहरी कार्यलय लहानमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै सिरहा प्रहरीले घरेलु मदिरा बरामद गरी नष्ट गरेका छन। सिरहा औरही गा.पा.४ ईट्टाटारमा प्रहरी चौकी औरही सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा अबैध कच्चा पर्दाथ अन्दाजी ८०० लिटर र मदिरा बनाउनको लागी प्रयोग गरीएको मेसिन थान-२,भाडावर्तन थान-१ समेत नियन्त्रणमा लिई स्थानिय नागरीक लगायत वडा अध्यक्ष सहितको रोहवरमा नष्ट गरीएको छ । भने सिरहा  कल्याणपुर न.पा.१ मा बस्ने सुरेन्द्र प्रसाद मण्डलको छोरी अन्दाजी वर्ष १८ की बालिकाको उमेर नपुगी बाल बिबाह हुदैछ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरी टोली खटि गई बालिकाको उमेर २० बर्ष नपुगेको हुदाँ उक्त बाल बिबाह हुन लागेको बिबाहलाई प्रहरीले रोकी स्थानिय भद्र भलादमी बुद्धिजिबी तथा जनप्रतिनिधीहरुको रोहवरमा कानुन बमोजिम बिबाह गर्ने उमेर नपुगेकाले हाल हुन लागेको बाल बिबाहलाई रोकी हाम्रो समाजमा यस प्रकारको बालबिबाह हुन दिने छैनौ, बाल बिबाहको घटनालाई न्युनिकरण गर्न तर्फ सम्बन्धित निकायलाई हाम्रो तर्फबाट सदैव सहयोग गर्नेछौ भनी जनप्रतिनिधी लगायत उपस्थित मानिसहरुको रोहवरमा सहमती भई बाल बिबाह रोकथाम गरीएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

यसै बीच सिरहामा सवारी  दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। कर्जन्हा न.पा.३ जनकचौक स्थित भित्रि सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको ज.१ च.१३६९ नम्बरको बलेरो पिकअपले पैदल यात्री कर्जन्हा न.पा.३ बस्ने वर्ष ६५ कि कबुत्री देवी यादबलाई ठक्कर दिदा घाईते भई उपचारको  लागी फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा सिरहामा लैजादै गर्दा बाटोमा मृत्यु भएको छ। ठक्कर दिने बलेरो र बलेरो चालक कर्जन्हा न.पा.३ बन्दिपुर बस्ने वर्ष ३५ को रामबृक्ष यादबलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय मिर्चैया सिरहाबाट आवश्यक अनुसन्धान  कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।  

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.