शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा मेला- महोत्सव, सार्वजनिक कार्यक्रम र भेला गर्न रोक
फाल्गुन २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ फागुन २२ - 
विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ । हालसम्म कोरोनाले मर्नेको सङ्ख्या तीन हजार २०३ पुगेको छ । 
यसै बीच कोरोना भाइरसको महामारी प्रवेश हुन नदिन जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक कार्यक्रम , भेला, मेला महोत्सवजस्ता भिडभाड हुने कार्यक्रममा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बुधबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले जात्रा पर्व, मेला, महोत्सवजस्ता कार्यक्रम नगर्न नगराउन जिल्लाबासीलाई अनुरोध गरेको छ।सूचना विपरित सभा, सम्मेलन, मेला महोत्सव गरे गराएमा कारबाही गर्ने चेतावनी समेत सूचनामार्फत दिइएको छ। अहिले सम्म कुनै त्यस्तो शंकास्पद बिरामी फेला परेका छैनन्, तर पनि हामीले आफ्नो तर्फबाट सर्तकता अपनाएका छौं, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिएका छन्।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.