शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुस्लिम संगठन नेपालको भेला तथा बैठक सम्पन्न - सिरहा संयोजकमा
फाल्गुन २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ फागुन २२ - 
नेकपा मुस्लिम संगठन नेपालको प्रदेश २ स्तरीय भेला तथा बैठक सम्पन्न भएको छ। मुस्लिम संगठन नेपाल २ न. प्रदेशका केन्द्रीय सदस्य तथा ज़िल्ला ईंचार्जको भेला रौतहटको चपुरमा सम्पन्न भएको हो। जसमा प्रदेश न.२ को प्रदेश कमिटी , ज़िल्ला संयोजक र सह-संयोजक गठन गरिएको छ। प्रदेश कमिटीका लागि सिरहा बाट लहान न. पा.बाट अब्दुल आबिद ,यूनुस मियाँ मनसुरी ,इशराइल सिद्दीक़ी, सिरहा न. पा. बाट महमूद राइन ,सहज़ाद सिद्दीक़ी ,मीना खातुन  गोलबजार न. पा. बाट मोहम्मद सेराजुल, धनगडी माई न. पा. बाट हासिम राइन गरि जम्मा ८ जनाको नाम अनुमोदन गरिएको छ,भने सिरहा ज़िल्ला संयोजकमा लहान न. पा. ५ का इशराइल सिद्दीक़ी र सह-संयोजकमा सहज़ाद सिद्दीक़ी  लाई सिरहा जिल्ला इन्चार्ज रियासत लिमि ( मुन्ना ) र सह -इन्चार्ज मोहित राइनको सिफारिसमा सर्वसहमतिले चयन गरिएको छ। नेकपा मुस्लिम संगठन नेपालका प्रदेश २ प्रमुख एम समिउल्लाह शेखको अध्यक्षता तथा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य समिर भट्टराईको प्रमुख आतिथ्यतामा भेला तथा बैठक सम्पन्न भएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.