शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पाँच दिने नि: शुल्क शल्यक्रिया शिविर सम्पन्न , १५१ जना
फाल्गुन २५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ फागुन २५  -
विपन्न बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्न सप्तऋषि अस्पतालले आयोजना गरेको ५ दिने हाडजोर्नी शल्यक्रिया शिविर सम्पन्न भएको छ। लहान नगरपालिका र नेपाल ट्रमा सोसाईटिको समन्वय, इम्प्याक्ट नेपालको प्राविधिक सहयोग तथा सप्तऋषि अस्पतालको आयोजनामा आयोजित बेल्जियमका प्रख्यात चिकित्सकीय टोलिहरुको उपस्तिथीमा आयोजित ५ दिने शिविरमा १५१ जनाले आ-आफ्नो स्वास्थ्य चेकजाँच गराई लाभंभित भएको सप्तऋषि अस्पतालका मेसु डाक्टर शुभास बाबु साहले जानकारी दिए। जसमा ५७ जनाको नि:शुल्क पलास्टर,१७ जनाको नि:शुल्क शल्यक्रिया (अप्रेशन ) गरिएको छ। बाँकी अन्य विरामीहरु लाई नि:शुल्क चेकजाँच तथा उचित परामर्श प्रदान गरिएको छ।  

शिविरमा हात तथा खुट्टा भाच्चियेर नजोडिएको अथवा वांगो भएर जोडिएको , शल्यक्रिया गरेर स्टिल लगाएको तथा निकाल्नु पर्ने अवस्था भएको,हात वा खुट्टा भाच्चियेर उपचार गराउन नसकेको , शल्यक्रिया गरेर पनि हाड नजोडिएको ,हाडजोर्नी सम्बन्धि कुनै पनि किसिमको शल्यक्रिया गर्नु पर्ने लगायतका विरामीलाई सुविधा प्रदान गरिएको आयोजकले जनाएको छ।

शिविरमा ३ जना विशेषज्ञ डाक्टरले शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेका छन्। टोलीमा बेल्जियमका सर्जन डा.लुडो द बोर्रे,डा। सिबिले कास्तेलियन, श्रीमती भेरोनिक बिलोक स्क्राब नर्स (बेल्जियम), डा.महेश प्रसाद श्रीवास्तव (नेपाल),सुरज के.सी।(प्रोग्राम अफिसर) तथा डा. सुभाष बाबु शाह (ट्रांस्लेटर) भाषा सम्झाउन सघाएका थिए । विपन्न नागरिकलाई जिल्लामै उपचार तथा शल्यक्रिया सेवा दिन शिविर आयोजना गरिएको डा. शाहले जानकारी दिए। उनका अनुसार वर्षौंदेखि हाडजोर्नीको समस्या भई बाहिर गएर उपचार गराउन नसकेका बिरामीले शिविरबाट लाभ लिएका छन्।‘ शिविर फागुन १९ गते देखि २३ गते सम्म संचालन भएको थियो। यसै बीच शिविरमा आउनु भएका  बेल्जियमका सर्जन डा.लुडो द बोर्रे,डा। सिबिले कास्तेलियन, श्रीमती भेरोनिक बिलोक स्क्राब नर्स (बेल्जियम), डा.महेश प्रसाद श्रीवास्तव (नेपाल),सुरज के.सी।(प्रोग्राम अफिसर) लाई स-धन्यवाद दिदै सम्मान -पत्र सहित विदाई गरिएको छ। 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.