शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हानिकारक मुल्य-मान्यतालाई चुनौति दिदै बिना दाईजो विवाह
फाल्गुन २६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ फागुन २६ -
परम्परागत कु–संस्कृतिलाइ चुनौति दिदै आइतबार सुडी समुदायका एक युवकले विना दाइजो विवाह गरेका छन् । लहान नगरपालिकाका  युवक रमेंद्र पंजियार ( विवेक ) धनुषाकी एक युवती सँग दाईजो नलिईकन आफ्नै सम्पूर्ण खर्चमा विवाह गरेका हुन्। पंजियारले धनुषा जिल्ला धनुषाधाम नगरपालिका वार्ड न,९ धारापानी घर भएकी आरती महासेठ सँग दाईजो नै नलिई विवाह गरेका हुन् । तराइ–मधेश क्षेत्रमा मधेशी समुदायमा विवाह गर्न केटा पक्षले किटान गरी केटी पक्षसँग नगद र जेन्सी दाईजो माग्ने प्रचलन रहेको छ । तर बेहुला पंजियारका बुवा सत्यनारायण पंजियार र आमा शान्ति देवी पंजियारले बेहुलीतर्फबाट दिन तयार भएको केहि पनि सम्पती नलिई आफ्नै सम्पूर्ण खर्चमा एक्लो छोराको विवाह हर्सो-उल्लासमै वातावरणमा सु-सम्पन्न गरि बुहारी भित्राएका छन्। केटा पक्षबाट दाईजो नलिने र केटी पक्षले पनि दाईजो नदिने भन्ने समझादारी अनुसार विवाह गरिएको लहान नगरपालिका वडा न,७ का अध्यक्ष रोशन गुप्ता ,वडा न,८ का अध्यक्ष विजय महतो लगायत दुवै पक्षका स्थानीयहरुको भनाई रहेको छ। मुलुक २१ औं शताब्दीमा प्रवेश गरिसक्दा समेत १८औं शताब्दीका कू–साँस्कृतिक नीति नियम अन्त्य गनुपर्ने संदेश सहित लेनदेन बिनाको विवाह गरिएको पंजियार परिवारको भनाई छ ।

दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढंगले लिएकोमात्र पाइन्छ। सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक छ । किनकि दाइजो सामान्यरूपमा उपहारजस्तो बुझिन्छ । उपहार त दिए पनि हुन्छ र नदिए पनि हुन्छ । तर दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक कुप्रथाका रूपमा जरा गाडेको हानिकारक मुल्य मान्यता हो ,त्यसलाई चिर्दै पंजियार परिवारले उदाहरणीय कार्य गरेको अध्यक्ष रोशन गुप्ता बताउछन। 

यता दाइजो केही जिन्सी नलिने भनेपछि केटी पक्ष आश्चर्यमा परेको र यो असम्भव भनेर केही नदिदाँ हाम्रो बेइज्ज हुन्छ जस्तै लागेको थियो, बेहुली आरती महासेठका बुबा मदन महासेठ र आमा संजिला महासेठले बताईन। उनले भनिन दाइजो माग्न समय लग्दैन तर हामी आफ्नो दक्षता अनुसार केहि दिन्छु भन्दा पनि हाम्रो सम्धी सम्धिनिले तपाइको छोरी मात्र दिए हामि धन्य हुने छौ ,भन्दै एक सुक्का र केहि सर-सामान पनि लिन्न मान्नु भएन। यस्तो सम्धी सम्धिनि पाएर निकै हर्षित भएको खुशी हुँदै छोरी र ज्वाईको सुखद दाम्पत्य जीवनको कामना गर्दै यस्तो शिक्षित परिवारको सक्रिताले कुप्रथाका रूपमा जरा गाडेको( दाइजो प्रथा) अन्त्य हुने विश्वाश समेत व्यक्त गर्नु भयो। बेहुली आरती तिन बहिनि र एक भाई गरि ४ जना दिदिभाई छिन। घर पनि सामान्य छन् , बुवा एउटा सामान्य पानको पसल चलाएर छोरा छोरीको जीवन यापन गरिरहेको धारापानीका स्थानीय संजिव महासेठले बताए। मदनले आरती भन्दा जेठी छोरीको विवाह गरिसकेका छन। 

लहान सिटि जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिज वर्ष २०२० का बोर्ड एडभाइजर संगै एक कुशल व्यवसायि समेत रहनु भएका सत्यनारायण पंजियार एक्लो छोराको दहेजमुक्त विवाह गरेर निकै हर्षित हुँदै भन्नुभयो " हाम्रो समाजमा यस्ता दाईजोका कारण धरै घटनाहरु घटेका छन । हाम्रो समाजमा शिक्षाको कमि तथा कू-साँस्कारका करण दाईजो प्रथाले स्थान पाउँदै आएको छ ," यस्ता हानिकारक मुल्य मान्यता लाई तोड्न साथ दिनुहुने मेरा श्रीमति, छोराबुहारी ,छोरीज्वाई,सम्धीसम्धिनी लगायत सम्पूर्ण सुभ चिन्तकहरुमा कृतज्ञता व्यक्त गर्न चाहन्छु।

यसर्थ यस जोडिलाई उदारण मान्दै आज सबैले भन्नुपर्छ कि दाइजो प्रथा होइन, यो एक कुप्रथा हो । यो एक सभ्य समाजको बाधक हो । यसको निवारणका लागि विभिन्न नियम कानुन नबनेका पनि होइनन् । नेपालको संविधान २०७२ले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिकरूपमा सम्मान हुनुपर्ने परिकल्पना गरेको छ । 

यसरी लैंगिक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रथलनमा ल्याइनु आफैँमा विरोधाभाष हो । त्यसैले कानुनका पन्नाहरुमा मात्र सीमित नभई व्यवहारमै हामीले दाइजो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने, रमेंद्र पंजियार ( विवेक )  जस्तै गरि विवाह गरि दाइजो प्रथाको अन्त्य गर्न जरुरी देखिएको छ। विवाहमा लहान सिटि जेसिज तथा गोलबजार जेसिजका पुर्व अध्यक्षहरु , वर्तमान वोर्डका पदाधिकारी,समाजसेवी ,राजनीतिक दलका प्रतिनिधि ,बुद्धिजीवी ,व्यापारी , महिला ,अधिकारकर्मी ,संचारकर्मी लगायतको सहभागिता रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.