शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
होलीमा ट्राफिक नियम उलंघन गर्ने २७४ मोटरसाइकल सहित ६
फाल्गुन २७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ फागुन २७ - 
सिरहा प्रहरीले होली पर्वमा ट्राफिक नियम उलंघन गरि उछृङ्खल गतिविधि गर्ने २७४ वटा मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेका छन्।मंगलबार होली पर्वका दिन जिल्ला प्रहरी कार्यालय सिरहा मातहत रहेका ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय मिर्चैया, ईलाका प्रहरी कार्यालय गोलबजार बाट खटिएको प्रहरी टोलीले २७४ वटा मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएका छन्। होली पर्वमा बिभिन्न विषयलाई लिएर विभिन्न ठाउँहरुमा मादक पदार्थ सेवन गरी झै -झगडा गर्ने, जवरजस्ती रंग दल्ने, महिलामाथी दुर्व्यवहार गर्ने ६ जनालाई पक्राउ गरेको र उनीहरूमाथी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.