शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डिएसपी थापाको भट्टी तथा मदिरा नियन्त्रण अभियान जारि,लागु औषध सहित
चैत्र ६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत ६ - 
धनुषामा घरेलु मदिरा सेवनबाट २१ जनाको मृत्युपछि सिरहा मातहतका प्रहरी कार्यलयहरुले भट्टी तथा मदिरा नष्ट गर्ने विशेष अभियान जारि राखेका छन्। अभियान अन्तर्गत ईलाका प्रहरी कार्यलय लहानले सिरहाको धनगडिमाई नगरपालिकामा मदिरा बनाउने भाडा ४२ वटा,करिब ५०० सय लिटर धरेलु मदिरा , २ हजार लिटर कच्चापदार्थ, ४२ वटा मदिरा बनाउने भाडो बरामद गरि स्थानीय ,जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीले जानकारी दिएका छन्।  डिएसपी क्षेत्रीका अनुसार घरेलु मदिरा सेवनबाट धनुषामा २१ जनाको ज्यान गएपछि,हामि निरन्तर यस अभियानमा लागि रहेको भए पनि स्थानीय सरकारले यसमा कुनै चासो नदेखाएको देखियो ,प्रहरीले एक्लै गरेर यो अभियान कहिले पनि सफल हुन् सक्दैन त्यसैले यस अभियान लाई सफल बनाउन अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेहरु लाई स्थानीय तह हरुले पहिलो पटक सम्झाई -बुझाइ गर्नु पर्छ, त्यस पश्चात बुझेन भने सेवा सुविधा बाट पनि बन्चित गर्नु पर्ने उहाको धारणा रहेको छ।

यसै बीच घरेलु मदिरा बिशेष नियन्त्रण अभियान अन्तर्गत जिल्ला सिरहा लक्ष्मीपुरपतारी गापा. वडा नं. ६ स्थितबाट प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा संचालन गरेको तयारी मदिरा १३० लिटर , कच्चा पदार्थ ५८० लिटर, भाँडाकुडा १५ थान र मदिरा बनाउँने भाडा २ थान समेत बरामद गरी स्थानिय प्रतिनिधीहरुको रोहवरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
यता सिरहा प्रहरीले लागु औषध सहित एक जना लाई पक्राउ गरेको छ। सिरहा बरियारपट्टी गा.पा.१ कचनारी स्थित प्रहरी चौकी कचनारी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको स१प ८३३१ नं.को मोटरसाइकल लाई चेकजाँच गर्दा मोटर साइकल चालक जिल्ला सिरहा लक्ष्मीपुरपतारी गा.पा.१ बस्ने बर्ष ४० को भुवनेश्वर यादवले लुकाई छिपाई  ल्याएको लागु औषध डाईलेक्स डि.सी. १०० ML को ५० थान (बोतल) फेला पारी मोटरसाइकल  र मानिस समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का.महेशपुरपतार सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

यसै बीच सिरहा प्रहरीले एक लाख भन्दा बढीको भन्सार छलीका सामानहरु पक्राउ गरेका छन्।प्रहरीले सखुवानन्कारकट्टी गा.पा.२ सोठियाईन स्थित ई.प्र.का.महेशवारी सिरहाबाट खटिएको प्रहरी गस्ती टिलीले भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गेरको लत्ता कपडा अन्दाजी मुल्य रु.सात हजार पाँच सय बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय ठाडि, सिरहामा बुझाईएको जनाएको छ।
त्यस्तै धनगढिमाई न.पा. १० धनगढि स्थित ई.प्र.का.लहान सिरहाबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको किराना सामान अन्दाजी मुल्य रु.एघार हजार सात सय बराबरको किराना सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय ठाडि, सिरहामा बुझाईएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

यसै बीच सिरहा न.पा.१७ स्थित ई.प्र.का.माडर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको हाडवेयरको सामान अन्दाजी मुल्य रु.बीस हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर, सिरहामा बुझाईएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै सिरहा भगवानपुर गा.पा.१ बलान खोला स्थित प्रहरी चौकी भगवानपुर सिरहाबाट खटिएको प्ररी गस्ती टोलीले चेकजाँच गर्दा देश भारत विहार राज्य मधुवनी जिल्ला, ग्राम पञ्चायत माधवपुर थाना लौकाहा बस्ने वर्ष १८ को क्यामुदिन मिया र सोहि ठाउँ बस्ने वर्ष १९ को रविन्द्र वेल्दारले नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको गोरु २ वटा, बाछो ३ वटा, गाई २ वटा गरी जम्मा अन्दाजी मुल्य रु.सत्तरी हजार बराबरको गाई/गोरु सहित उनीहरु लाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय ठाडी, सिरहामा बुझाईएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.