शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विद्यालयहरुमा खानेपानी ,शौचालय ,वृक्षारोपण तथा स्वच्छता कार्यक्रम प्रभावकारी बन्दै
चैत्र ७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत ७ - 
सिरहाको लहान नगरपालिका भित्र रहेका १० वटा सामुदायिक विद्यालयहरुमा वाटरएड,दलित जनकल्याण युवा क्लवको पहलमा लहान नगरपालिकाको पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा,श्री वस्तीपुर माधयमिक विद्यालय बस्तीपुर,श्री जनता आधारभूत विद्यालय सिंग्राही मटियर्वा लहान १ ,श्री जनता आधारभूत विद्यालय बैरियागुँदीगााउ लहान १०,श्री जनता माध्यमिक विद्यालय हनुमानगर ब्रम्हान गोडछाडी, श्री जनता आधारभुत विद्यालय पिडरबोनी, श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय रघुनाथपुर,श्री जनता माध्यमिक विद्यालय पडरिया र श्री माध्यमिक विद्यालय सोनमति गढामा विभिन्न रोगहरुबाट मुक्त भएर ढुक्कसाथ विधार्थीहरुले पढ्न पाउन भन्ने उदेश्यले बायो स्यान्ड पद्धति द्वारा शुद्ध खानेपानी,अपाङग मैत्री ,महिला मैत्री र पुरुष मैत्री शौचालय निर्माण, वृक्षारोपण, महिनावारी स्वच्छता लगायतका कार्यक्रमहरु लहान नगरपालिकाले अघि बढाए संगै प्रभावकारी बन्दै गैरहेको छ।  

लहान नगरपालिका नगर प्रमुख मुनि साहका अनुसार विस २०२३ सम्ममा लहानको पुरानो नगरपालिकाको दसवटा वडामा शुद्ध खानेपानीको पूर्ण प्रबन्धको कार्यक्रमहरु अघि बढिसककोछ । ग्रामीण भेगमा रहेका उत्तरतर्फका १३, १४, १५, १६, १७ र १८ नम्बर वडामा समेत शुद्ध खानेपानीको लागि नगरपालिकाले अन्य सहयोगी संघ संस्थाहरुसँग समन्वय गरेर लहान नगरपालिकाको २४ वटै वडामा शुद्ध खानेपानीको पूर्ण व्यवस्था गर्ने उहाको तर्कछ।

श्री जनता माध्यमिक विद्यालय सोनमति गढा १९ का कक्षा १० का विधार्थी तथा वाल क्लवका अधयक्ष रामबाबु मण्डलका अनुसार विद्यालयमा खानेपानीको प्रवन्ध भईसकेपछि विधार्थीहरुले ठूलो राहत महसुस गरेका छन।  लहान नगरपालिका, दलित जनकल्याण युवा क्लव र वाटर एडको प्रयासमा शुद्ध खानेपानी र सुविधा सम्पन्न शौचालय प्रयोग गर्न पाएकोमा विधार्थीहरु संगै शिक्षकहरुले समेत खुसी व्यक्त गरेका छन।  यसै बीच श्री जनता आधारभूत विद्यालय बैरियागुँदीगाँउ १० का शिक्षिकहरुले " वाटरएड,दलित जनकल्याण युवा क्लवको पहलमा गरिएको यो सकारात्मक कार्यको प्रशंसा गर्दै विधार्थी संगै शिक्षकहरु लाई पनि पानी खान गाउँको हाते कल भएका ठाँउमा जानु पर्ने बाध्यता थियो, व्यवस्थित शौचालय नहुँदा विधार्थीहरु शौच गर्न विद्यालय वाहिर गएपछि प्रत्येक दिन एक आध घण्टी पढाई छुटेकै हुन्थ्यो, अब शुद्ध खानेपानी र शौचालयको प्रबन्धले विद्यालयमा शैक्षिक माहोल बन्नुको साथै आउनै लागेको शैक्षिक सत्रमा विधार्थी भर्नापनि हवातै वढ्ने उहाहरुको बुझाइ रहेको छ।

यता दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेश विसुन्केले लहान नगरपालिकाको सामुदायिक विद्यालयहरुमा शुद्ध खानेपानी र शौचालयको निर्माण कार्यमा समुदाय , विद्यालय , राजनीतिक दलहरुबाट समेत सहयोग र हौसला पाइरहेकोले यो परियोजना लहान नगरपालिकामा पूर्णरुपमा सफलता पुर्वक आफ्नो गन्तव्यमा पुग्ने विश्वाश व्यक्त गर्नु भयो।  दलित जनकल्याण युवा क्लवमा कार्यरत सामाजिक परिचालिका नम्रता भट्टले खानेपानी ,शौचालय, बृक्षारोपण ,महिनाबारी स्वच्छता र प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्नको लागि प्रत्येक विद्यालयमा वाल क्लव गठन र फोकल शिक्षक तोकेर सामुदायिक विद्यालयको शैक्षिक, भौतिक र स्वच्छता अभियानलाई अगाडी बढाइरहेको संचारकर्मीहरुलाई जानकारी गराउनु भयो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.