शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उधोग वाणिज्य संघ द्वारा प्रमुख जिल्ला अधिकारी गुरागाई लाई स्वागत
चैत्र ८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र ८ - 
जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले शुक्रबार स्वागत कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि सिरहा जिल्लाका लागि नवआगन्तुक प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाई लाई स्वागत गरेका छन। सिरहा जिल्लामा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी गुरागाई लाई स्वागत गर्दै संघका अध्यक्ष अशोक लाल अमात्य सहित सम्पूर्ण पदाधिकारीहरुले उहांको सिरहा वसाई सुखद रहनुका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन। जिल्ला उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरुले सिरहा जिल्लाको बृहत्तर विकासका लागि सुरक्षा निकाय, प्रशासन र निजि क्षेत्रको सहकार्य हुनु पर्नेमा जोड दिंदै स्थानिय प्रशासन संग मिलेर समग्र सिरहाको विकासका लागि उद्योग वाणिज्य संघ सिरहा लहान सदैव तत्पर रहेको बताए। कार्यक्रममा लहान नगरपालिका क्षेत्र भित्रको सुरक्षा चुस्त दुरुस्त रहे पनि लागु औषधका समस्यामा गम्भिर हुनुपर्नेमा जोडदिए। 

स्वागत कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख जिल्ला अधिकारी  सरोज प्रसाद गुरागाईले सिरहा जिल्लाको विकासको सन्दर्भमा सरकारी निकायको तर्फबाट उद्योग वाणिज्य संघ सिरहा संग सहकार्य र समन्वयमा अगाडी बढ्न आफु तत्पर रहेको बताउनु भयो । उहांले जिल्लाको समृद्धीमा उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने हुनाले व्यवसायीहरुमा खुला प्रतिस्पर्धा रहिरहंदा आम नागरिक तथा उपभोक्ताहरुको हितलाई समेत ध्यानमा राख्नु पर्ने बताउंदै सिरहा जिल्ला हरेक का दृष्टीकोणले सम्भावना युक्त जिल्ला भएकोले यसको विकास र समृद्धि संगसंगै सामाजिक बिकृती र विसंगती विरुद्ध आफु कटिबद्ध रहने र सरकारी निकाय बाट उपलब्ध हुने सेवा सुविधालाई सके सम्म चुस्त राख्ने प्रतिबद्धता ब्यक्त गर्नु हुँदै केहि दिन अगाडी मात्र सिरहा जिल्ला बाट सरुवा भइ गृह मन्त्रालय जानु भएका मेरो मित्र गोपाल कुमार अधिकारीले बहुसरोकारवाला संगको निरन्तर सहकार्य र समन्वयमा सामाजिक रूपान्तरण, शान्ति तथा सुरक्षा क्षेत्रमा कुशल प्रशासकको रूपमा खेल्नु भएको उल्लेखनीय भुमिकालाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाउनु हुँदै विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन सबै संग सहकार्य गरि विभिन्न चेतनामुलक अभियानहरु चलाउनुका साथै यस्तो संकटको बखत कसैले उपभोग्य वस्तु , खाद्यान लागायत कुनै पनि सामानमा कालो बजारी गरेको पाइएमा नेपाको प्रचलित कानुन बमोजिक सजाय हुने जानकारी गराउदै   उहाले जिल्ला बासि लाई धैर्यताका साथ् बस्न आग्रह गर्दै कोरोना भाइरस बाट बचन सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउन समेत आग्रह गर्नु भयो। 

कार्यक्रममा  ईलाका प्रसाशन कार्यलय लहानका प्रमुख कमलराज भण्डारी,ईलाका प्रहरी कार्यलयका डिएसपी शरत कुमार थापा क्षेत्री,शसत्रवेस क्याम्पका डिएसपी अर्जुन सापकोटा, पुर्व अध्यक्ष अशोक अग्रवाल,सुनिल कुमार महतो,एन प्यावासनका पाण्डव हमाल,नेपाली कांग्रेसका जिल्ला सभापति राम चन्द्र यादव,व्यवसायी राजेन्द्र प्रसाद अग्रवाल,रमेश मुरारका ,राष्टिय उपभोक्तामंचका रामानन्द गुप्ता,जिल्ला उधोग वाणिज्य संघ सिराहाका महा-सचिव अब्दुल करिम,कोषा अध्यक्ष विकाश सारडा,सदस्यहरु रिता यादव ,प्रदिप कुमार गुप्ता,सरोज कुमार महतो,सुनिल कुमार गुप्ता,नागेश्वर चौधरी,राम उदगार महतो , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगमका प्रबन्ध निर्देशक फिरोज शेख लगायतको उपस्तिथी रहेको थियो। उपस्तिथ सम्पूर्णले प्रमुख जिल्ला अधिकारी  सरोज प्रसाद गुरागाई लाई स्वागत तथा सम्मान गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.