शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला प्रसाशन सिरहा द्वारा निषेधाज्ञा जारी, विभिन्न वडामा मास्क र
चैत्र ११, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत ११ - 
विश्व भरि माहामारीको रुप लिई रहेको कोरोना (कोभिड–१९) को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनात्मक र प्रवर्द्धनात्मक कार्यहरु गरी संभावित संक्रमणले प्रभाव पार्न सक्ने कुनै किसिमका गतिविधि हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

निषेधाज्ञा अवधिभर आपत्‌कालीन र अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल नगर्न, सवारी साधन नचलाउन प्रशानले आग्रह गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)मा कसैले कुनै काम गर्न लाग्दा वा कहीं केही वस्तु रहँदा वा कसैले राख्दा हुलदङ्गा भई शान्ति सुरक्षा भंग हुने वा कसैलाई बाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले निषेध गर्न आदेश दिनसक्ने व्यवस्था छ । प्रशासनले निषेधाज्ञाको उल्लंघन भए नियन्त्रणमा लिएर संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने जनाएको छ । यसै बीच आज सिरहाको लहान बजार पूर्ण रुपले बन्द भएको देखिएको छ । मान्छेको आवत जावतमा कमि भएको छ ,भने सवारी साधनहरु फाट फुट रुपमा चलेका छन् । इलाका प्रहरी कार्यलय लहान र शसत्र प्रहरी बेस क्याम्प लहानले ठाउँ ठाउँमा प्रहरी परिचालन गरेका छन्।

यसै बीच कोरोना (कोभिड–१९) को संक्रमण फैलिन नदिन सुनचाँदी व्यवसाय संघ लहान तथा नेपाली नेपालि कांग्रेस वडा नम्बर ८ का प्रत्यासी उम्मेदवार श्याम साह भोरे भोर १२०० मास्क , वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतोले ५ हजार मास्क संगै साबुन र वडा नम्बर ८ को ठाउँ ठाउँमा हात धुनका लागि साबुन पानीको व्यवस्था गरेका छन् भने वडा नम्बर ७ का वडा अध्यक्ष रोशन गुप्ताले आफ्नो वडा वासिमा २ हजार मास्क वितरण गरेको जानकारी दिएका छन् ।कोरोना (कोभिड–१९) को संक्रमण फैलिन नदिन लहान बजार पूर्ण रुपले बन्द रहेका थिए।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.