शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका पसलहरुमा सोसल डिस्टेन्स स्थापना गर्दै प्रहरी
चैत्र १४, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र १४ - 
विश्व भरि माहामारीको रुप लिई रहेको कोरोना (कोभिड–१९) को संक्रमण फैलिन नदिन इलाका प्रहरी कार्यलय लहानले लहानका खाद्यान तथा अति आवश्यक पसलहरुमा सोसल डिस्टेन्स स्थापना गर्न शुरु गरेका छन्। इलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्रीले यसको शुरुवात लहान ७ दुर्गा मन्दिर नजिक अवस्थित सब भन्दा पुरानो किराना पसल तुलसी किराना पसल बाट गरेका छन। जिल्ला प्रहरी कार्यलय सिराहाका प्रमुख उमा प्रसाद चतुर्वेदीले सामाजिक संजालमा फोटो पोस्ट गर्दै अब सोसल डिस्टेन्स अनियम अनुसार पसलहरुको अगाडी कम्तिमा ३ फिटको दुरीमा घेरा भित्र बसी उपभोक्ताहरुलाई पालो -पिलो गरि सामानहरु खरिद गर्न आग्रह गर्नु भएको छ। प्रहरी प्रमुख चतुर्वेदीका अनुसार सोसल डिस्टेन्स स्थापनाको शुभ आरम्भ लहान बाट भएपनि यो अभियान सिरहा जिल्ला भरि नै लागु हुनेगरी कार्यहरु भइरहेको र नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबारदेखि एक साताका लागि जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गर्न र गराउन सहयोग पुग्ने पनि बताउनु हुँदै जिल्ला भरिका प्रत्येक  स्थानीय तह भित्र रहेका प्रत्येक अतिआवश्यक पसलहरु जस्तै खाद्यान,ग्यास ,औषधि तथा तरकारी पसलहरुमा सोसल डिस्टेन्स स्थापना गर्ने बताउनु भयो ।

यसै बीच जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबारदेखि जारि गरेको निषेधाज्ञा ( लक्डाउन ) आज चौथो दिन पनि जारि रहेको छ।सिरहाको लहान बजार सहित सिराहाका सम्पूर्ण बजार , कलकारखाना,यातायात ,विद्यालय, कार्यलय लगायतका ठप्प छन। सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनात्मक र प्रवर्द्धनात्मक कार्यहरु गरी संभावित संक्रमणले प्रभाव पार्न सक्ने कुनै किसिमका गतिविधि हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । यो निषेधाज्ञा अझ लम्बिन सक्ने नेपाल सरकारका उप-प्रधान तथा रक्षामन्त्रि ईश्‍वर पोखरेलले जनाएका छन्। यसै बीच कोरोना भाइरस आशंकामा परेका विरामीहरुको उपचारको लागि सिरहा जिल्लामा स्थानीय तहहरुको समन्वयमा पाँच स्थानमा आईसोलेशन वार्ड र तीन दर्जनभन्दा बढी क्वारेनटाईन निर्माण गरिएको छ । सिरहामा अहिले विभिन्न स्थानबाट सिरहा आएका १७ जनालाई विभिन्न स्थानको क्वारेनटाइनहरुमा राखिएको छ । जसमध्ये बरियारपट्टिमा ६ जना, गोलबजारमा एक जना, विष्णुपुरामा ७ जना, भगवानपुरको आभेनगरमा ३ जनालाई राखिएको छ।

जनस्वास्थ्य कार्यलय सिराहाका अनुसार अहिले गम्भीर प्रकृतिका विरामी नदेखिएकोले उनीहरुलाई क्वारेनटाइनमै राखिएको बताए । गम्भीर प्रकृतिको विरामी आएको खण्डमा जिल्लामा स्थापना भएकोआइसोलेसन अस्पतालहरु महेन्द्र गेनाई अस्पताल धनगढीमाईमा १८ बेड, सिरहा अस्पताल ५ बेड, लहान अस्पताल ५ बेड, आर.के.मेडिसिटी धनगढीमाई ५ बेड तथा फुलकुमारी मेमोरियल हस्पिटल ५ बेडमा राखी उपचार गरिने जानकारी दिए । 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.