शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा एक किसान द्वारा १६ क्विन्टल भन्टा वितरण
चैत्र १५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र १५ - 
कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले एक साताका लागि ‘लकडाउन’ गर्दा सिरहाको लहान बजारमा तरकारीको भाउ आकासिएको बेला जितपुर बारामा नेपाल सरकार द्वारा पुर्वान्चलकै उतकृष्ट उखु किसानको पुरस्कार प्राप्त गर्न सफल लहान नपा वडा न.२४ का उखु तथा तरकारी किसान राम प्रकाश महतोले लहानको वडा न.६, ७ र १ मा गरि करिब १६ क्विन्टल  भन्टा तरकारी निःशुल्क वितरण गरेका छन्। उनले त्यस क्षेत्रका गरिब, विपन्न तथा विशेषगरी घरभडामा बसेका मानिसहरु लाई तरकारी वितरण गरेका छन्।
आफ्नै खेतमा उब्जाएको करिब १६ क्विन्टल भन्टा किसान महतोले वितरण गरेको लहान सिटि जेसिजका युवा गौरव साहले जानकारी दिए। महतोलाई तरकारी वितरण गर्न साहले स्थानीय र प्रहरी प्रशासन संग सहकार्य गरि सहयोग गरेको बताए। लकडाउनको बेला तरकारी नपाएर समस्यामा परेका गरिब, विपन्न तथा विद्यार्थीहरु लाई भन्टा वितरण गर्न पाउदा निकै हर्षित देखिएका थिए। महतोले भिर नलगाई एक- एक जना आउन आग्रह गर्दै भन्टा वितरण गरेका थिए।  

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.