शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कोरोना भाइरस आशंका बिरामी राखन खाट सहयोग , चैत २५
चैत्र १६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र १६ - 
कोरोना भाइरस आशंकामा परेका विरामीहरुको उपचारको लागि लहान नगरपालिकाले निर्माण गरेको क्वारेनटाइनमा लहान ४ मा अवस्थित विवेक इन्जिनियरिंगले २ वटा फलामे जस्ताको खाट उपलब्ध गराएका छन। लहान नगरपालिका वडा नम्बर ११ पडरिया स्कुलमा लहान नगरपालिकाले निर्माण गरेको १५ बेडको क्वारेनटाइनका लागि विवेक इन्जिनियरिंगका संचालक वडा नम्बर ७ निवासी अभिषेक कर्णले लहान नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत खेमनन्द भुषाल,लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादव लगायतको उपस्तिथिमा लहान नगरपालिका लाई २ वटा खाट र १०० एमएलको ६ वटा हेन्ड सेनिटाइजर र ईलाका प्रहरी कार्यलय लहान लाई ६ वटा हेन्ड सेनिटाइजर उपलब्ध गराएको सहयोगकर्ता कर्णले जानकारी दिए। लहान नगरपालिकाले निर्माण गरेको क्वारेनटाइनमा अहिले कसैलाई पनि राखिएको छैन।स्वास्थ्य शाखा प्रमुख यादवका अनुसार खाडी मुलुक कतार,मलेसिया वा भारत बाट लहान आएका २२ जना सम्पर्कमा आए पनि उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको हुँदा अहिले उहाँहरु लाई होम क्वारेनटाइनमा राखिएको जानकारी दिदै एक महिना भित्र खाडी मुलुक तथा कोरोना भाइरस (कोभिड–१९) संक्रमित देश वा भारत बाट आएकाहरु लाई लहान नगरपालिकाको स्वास्थ्य कार्यलयमा सम्पर्क गर्न अनुरोध समेत गर्नु भयो। क्वारेनटाइनमा बिरामी लाई खान ,पिउन ,बस्न तथा शौचालयको राम्रो व्यवस्थापन गरिएको समेत जानकारी गराउनु भयो।  

कोरोना भाइरस आशंकामा परेका विरामीहरुको उपचारको लागि सिरहा जिल्लामा स्थानीय तहहरुको समन्वयमा १३ स्थानमा आईसोलेशन वार्ड र तीन दर्जनभन्दा बढी क्वारेनटाईन निर्माण गरिएको छ । सिरहामा अहिले विभिन्न स्थानबाट सिरहा आएका १७ जनालाई विभिन्न स्थानको क्वारेनटाइनहरुमा राखिएको छ। जसमध्ये बरियारपट्टि गाउँपालिकामा ६ जना, गोलबजार नगरपालिकामा १ जना, विष्णुपुर गाउँ पालिकामा ७ जना, भगवानपुर गाउँपालिकाको आभेनगरमा ३ जना गरि १७ जना लाई राखिएको छ।भने मिर्चैया नगरपालिका,सुखिपुर नगरपालिका ,नरहा गाउँपालिका,अर्नमा गाउँपालिका,सखुवानन्कारकट्टी गाउँपालिका,लक्ष्मीपुर पतारी गाउँपालिका र नवराजपुर गाउँपालिकामा पनि क्वारेनटाइन निर्माण गरिसकेका छन।

यसै बीच गम्भीर प्रकृतिको विरामीका लागि सिरहा जिल्लाको महेन्द्र गेनाई अस्पताल धनगढीमाईमा १८ बेड, सिरहा अस्पतालमा ५ बेड, लहान अस्पतालमा ५ बेड, आर.के.मेडिसिटी धनगढीमाईमा ५ बेड तथा फुलकुमारी मेमोरियल हस्पिटलमा ५ बेडको आइसुलेसन वार्ड राखिएको छ।सिरहामा चैत्र ११ गते कोरोना भाइरसको आशंकमा औरहीका एक जना युवालाई थप उपचारको लागि काठमाडौंको टेकु पुर्याए पछि अहिले जिल्लामा त्यस्तो प्रकृतिको कुनै विरामी फेला परेको सूचना प्राप्त भएको छैन। यता प्रदेश २ मा भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा राख्नेहरुको संख्या समेत बढ्दै गई रहेको छ । प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा २ सय ३२ जना शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।भारत तथा तेस्रो देशबाट फर्केर नेपाल आएका २३२ जना शंकास्पदलाई प्रदेश २ को विभिन्न जिल्लास्थित क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सिरहामा कोरोना भाइरस सर्न नदिनको लागि मानिसहरुको चहलपहलमा पूर्ण रुपमा स्थानीय प्रशासनले बन्देज लगाएको छ भने कोरोना भाइरसबाट बच्न विभिन्न सन्देशमुलक सूचनाहरु सबै स्थानीय तहले प्रचार प्रसार गरिरहेको छ ।

यता सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसै बीच प्रदेश २ सरकारले ‘लकडाउन’को मारमा परेका प्रदेशभरिका गरिब र मजदुरलाई ‘लकडाउन’ अवधिभर खाना खुवाउने भएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को आइतबार जनकपुरधाममा सम्पन्न बैठकले ‘लकडाउन’को कारण समस्यामा परेका गरिब र मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको छ। यसको व्यवस्थापन स्थानीय तह संग समन्वय गरेर तत्कालका लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.