शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको नया बजारमा आगलागी हुँदा २० लाख बराबरको क्षति
चैत्र १८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत १८ - 
सिरहाको लहान नगरपालिका ५ नया बजारको गुद्री बजारको किराना ,चामल र हार्डवेयरको पसलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ।मंगलबार बिहान करिब २ बजे लखन सहनीको चामल र किराना पसल गरि २ वटा पसल  ,राम चन्द्र गुप्ताको मसला तथा किराना पसल गरि २ वटा पसल ,मनोज गुप्ताको १ वटा किराना पसल र लाल बाबु दासको हार्डवेयर पसलमा अचानक आगलागी हुँदा पसल भित्र रहेका चामल,मर-मसला, दैनिक उपभोग्य किरानाका सामानहरु, हार्डवेयरका सामनहरु र  राम चन्द्र गुप्ताले आफ्नो पसलमा राखेको अन -टेस्ट  टिभीएस अपाचे मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नष्ट हुँदा करिब २० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिएका छन।

आगो लहान नगरपालिकाको वारुणयन्त्र, स्थानीय बाँसी , इलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्रीको कमान्डमा खटिएको प्रहरी टोलि ,शस्त्र वेस क्याम्प लहानका डिएसपी अर्जुन सापकोटाको कमान्डमा खटिएका प्रहरी टोलिको सहयोगमा नियन्त्रणमा आएको लहान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीले जानकारी दिए। स्थानीयका अनुसार आगलागी पुजा गर्न बालिएको ( धुप ) अगरवत्ति बाट भएको भनिए पनि यस बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लहानले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.