शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लब द्वारा सय घर परिवारलाई राहत
चैत्र २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र २२ -
कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो ११ दिनदेखि जारी लकडाउनको कारण अप्ठ्यारोमा परेका लहानका अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई लायन्स क्लब अफ लहान सिटीले खाद्यान्न वितरण गरेको छ।लहान– ४ का वडाध्यक्ष रामनाथ पण्डितका अनुसार वडामा पर्ने पासवान टोल, मुस्लिमटोल ,खत्वेटोल र मण्डल टोल क्षेत्रमा डेरा गरी बस्ने ,ज्यालादारी मजदुर ,अति विपन्न, विर्द्ध,असहाय एक सय जना घर-परिवारलाई शुक्रबार घर -घरमा पुगी खाद्य सामग्री सहितको राहत वितरण गरिएको छ।
 
लायन्स क्लब अफ लहान सिटिले प्रतिपरिवार १० केजी चामल , १ केजी दाल , २ केजी आलू , आधि लिटर तेल, १ केजी नुन , २ पिस हाथ धुने साबुन , सहितको राहत प्याकेट बितरण गरेको लायन्स क्लब अफ लहान सिटीका सुदिप चौधरीले जानकारी दिएका छन।लकडाउनले अप्ठ्यारोमा परेका विपन्न, दैनिक ज्यालादारी, मजदुर, असहायहरूको  पहिचान गरी वडा कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार राहत सामग्री बाँडेको लायन्स क्लबका धरणीधर अधिकारि र रियासत लिमिको भनाइ छ । लकडाउनको ११ औ दिन भइसक्दा विपन्न, ज्यालादारी मजदुर परिवारलाई चुलो बाल्नै समस्या परेपछि लायन्स क्लब अफ नेपाल संग सहकार्य गरेर आफूहरूले राहत उपलब्ध गराएको लायन्स क्लब तथा यस कार्यक्रमका संयोजक चक्रपाणि दाहालले बताए।  राहत वितरण कार्यक्रममा लायन्स क्लब अफ लहान सिटिका अशोक लाल अमात्य,विकास सारडा,पाण्डव हमाल,ललित महतो,कृष्णा रौनियार ,उमेश साह लगायतको उपस्तिथी रहेको थियो।  

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.