शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी हमाल द्वारा मास्क र साबुन वितरण
चैत्र २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र २२ - 
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न धनगढीमाई नगरपालिकामा एक जना समाजसेवीले मास्क र साबुन वितरण गरेका छन् ।एन.प्याब्सन केन्द्रीय सल्लाहकार, मेरी चिल्ड्रेन हाई स्कुलका संचालक प्रिन्सिपल तथा समाजसेवी पाण्डव हमाल ठकुरीले धनगढीमाई नगरपालिका १२ उत्तरी भेग स्थित आफ्नो जन्म थलो कुश्महा सिमलटोकी लगायत अन्य दलित टोल,मुसहरी टोल  , गडमे , दोभन दणड , आहालेका लगभग ५०० भन्दा बढी घर परिवरमा कोरना भाईरस कोबिड 19 को संक्रमण बाट बाच्न सम्बन्धित वडाका वडा अध्यक्ष अध्यक्ष राजु श्रेष्ठ , वडा सदस्य पुर्ण बहादुर हमाल , महिला सदस्य गनैरी सदाय , प्रा. बि .गड्मे ब्यबस्थापन समितीका अध्यक्ष दुर्गा बहादुर हमाल, समाजसेवि गोमा बराल,  देवराज हमाल लगायतको सामुहिक उपस्थितिमा  मास्क र सबुन बितरण गरेको समाजसेवी हमालले जानकारी दिएका छन। साथै स्थानीयबासीलाई जनचेतना जगाउदै लकडाउनको पालना गर्न आग्रह गर्दै  मास्क र सबुन बितरण गरेका छन।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.