शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सेफ क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मी र बिरामीका लागी राहत सामग्री हस्तान्तरण
चैत्र २४, २०७६ | फिरोज शेख

संजय विश्वकर्मा  लहान २४, चैत्र । विश्वव्यापी महामारीको रूपमा फैलिसकेको कोरोना भाइरस अर्थात (कोविड–१९) को संक्रमण फैलिन नदिन सप्तरीको एक संस्था सबल नेपालले  नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेको छ । सेभद चिल्ड्रेनको सहयोगमा सप्तरीको सुरुङ्गा र खडक नगरपालिकाका नगरप्रमुखलाई राहत सामग्री हस्तान्तरण गरेको सबल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले जानकारी दिनुभयो । नगरपालिकाले कुशहा स्थित मा.बि.मा राखिएको सेफ क्वारेन्टाईन र हेल्प डेस्कमा खटिएका स्वास्थ्य कर्मी र बिरामीका लागी सो समग्री बितरण गरेको बुझिएको छ । 

सर्जिकल मास्क सय पिस , ल्याफ व्वाई साबुन सय पिस , सर्जिकल ग्लोब्स नन स्टेराईल दुई सय पिस ,कोभिड १९ को पोस्टर २५ थान , युटिलिटि ग्लोब्स २० पिस लगायत ९ प्रकारको सामग्री नगरप्रमुख चौधरीलाई आज हस्तान्तरण गरेको हो ।  राहत समग्री बुझदै सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ चौधरीले भने समाजमा राहत बितरण गर्न नगरपालिकालाई धेरै नै कठिनाई रहेको बताउनुभयो । समाजका केही सम्पनन परिबारका ब्यक्तिहरु पनी मेरो लागी आएको राहत हो’ मलाई पनी दिुनपर्छ भन्ने गरेको उहाँले बताए । केही  बौद्धीकबर्ग , सम्पन्न , पढेलेखेका ब्यक्तिहरुले पनी राहत जस्तो कार्यमा लोभ राख्नु कतिको जायज हो । 

त्यस्ता ब्यक्तिको पनी समाजमा कमी नरहेको उनले बताएका छन । चुनौतीका बाबजुत पनी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरु बस्तबीक बिपन्न बर्ग पहिचान गर्न डाटा संङ्कलन गरिरहेको उनले बताए । राहत सामग्री बितरण कार्यमा सहयोग गर्न सम्पुर्ण नगरबासीहरुमा आग्रह गर्दै नगरप्रमुख चौधरीले भने  नगरपालिकाले बिपन्न बर्गका लागी राहत बितरण गर्ने निर्णय गरिसकेको र छीट्टै नै राहत बितरण गरिने जानकारी दिए । नगरपाकिलाले राहत कोषको लागी छुट्टै खाताको बयबस्था गरिसकेकोले सम्पुर्ण समाजसेबी, उधोगीहरुलाई आर्थिक सहयोग गर्न नगरप्रमुख चौधरीले आग्रह गरे । खडक नगरपालिकाका नगर प्रमुख हेमायु हक र र स्वास्थय संयोजक जयकान्त पण्डितको उपस्थितिमा माथि उल्लेखित  राहत सामग्री हस्तान्तरण भएको  हो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.