शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लकडाउन तोडेर चलाइएका २८ सवारीसाधन नियन्त्रणमा
चैत्र २५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र २५ - 
सरकारले कोरोना भाइरसका कारण देश नै लकडाउन गरेको मंगलबार १५ औ दिन चलिरहेको बेला तेस्रो चरणको ‘लकडाउन’ कार्यान्वयन गराउन सिरहामा सुरक्षाकर्मीले थप कडाइ गरेको छ। दोस्रो चरणको ‘लकडाउन’ केही खुकलो देखिएपछि प्रशासनले तेस्रो चरणको ‘लकडाउन’ कार्यान्वयन गराउन कडाइ गरेको हो । मंगलबार प्रहरीले सिराहामा ‘लकडाउन’अवज्ञा गरेर चलाइएका मोटरसाइकल २५ वटा, एम्बुलेन्स १, ट्रयाक्टर १ र ट्रक १ गरी जम्मा २८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा मातहत बाट खटिएको प्रहरी गस्ती टोलीले लकडाउन उलङघन गरी चलाईएको उक्त सवारी साधनलाई आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। त्यस्तै खाली एम्बुलेन्स सडकमा चलाएकोले एम्बुलेन्स पनि नियन्त्रणमा लिनु परको प्रहरीले जनाएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.