शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पैदलयात्रुलाई लहान नगरद्वारा खाना - खाजाको साथै विश्रामको व्यवस्था
बैशाख ७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख ७ - 
कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण राजधानी लगायत देशका विभिन्न स्थानबाट आएका पैदल यात्रुलाई सिरहाको लहान नगरपालिकाले खाना र खाजा खुवाएका छन। लहान एक को पुर्व पश्चिममा अवस्थित  शहिद चौक नजिक नगरपालिकाले पैदल यात्रुहरु ४ जना लाई खाना खुवाएका छन भने २८ जनालाई खाजा खुवाएका छन। त्यस्तै इलाम जाने १५-२० जना जतिलाई खालि ट्रकमा घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको हो। यस कार्यलाई सहयोग गर्नु हुने सशस्त्रका डिएसपी अर्जुन प्रसाद सापकोटा लाई लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेम नन्द भुसालले धन्यवाद ज्ञापन गरेका छन। साथै लामोदुरी पारगर्दै हिंडेर आउने मजदुर तथा गरिब र विपन्न बर्गका लागि नपाको तर्फबाट लहान ११ पडरिया स्वास्थ्य चौकीमा अस्थाई रुपमा खाजा र पानि सहितको विश्राम कक्षको   ब्यवस्था समेत गरिएको लहान नगरपालिकाले जनाएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.