शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानका मस्जिदहरुमा अनुगमन
बैशाख ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख ८ - 
कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन लहान नगरपालिका भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । ईलाका प्रशासन कार्यलय लाहानले मुस्लिम समुदायका अगुवासँंगको सहकार्य र समन्वयमा मस्जिदको अनुगमन गरेका छन्। अनुगमनमा इलाका प्रहरी कार्यलय लहानका डिएसपी सरत थापा क्षेत्री , सस्त्र परहरी वेस क्याम्पका डिएसपी अर्जुन सापकोटा , वडा अध्यक्ष तथा मुस्लिम समुदायका अगुवाहरुको उपस्तिथिमा लहान वडा नं ५ , वडा नम्बर ४ , वडा नम्बर १८ लगायतका वडाहरुमा रहेका मस्जिदहरुको अनुगमन गरिएको जानकारी गराइएको छ। मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिए अनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिम विरुद्ध लड्न अनुगमन गरिएको बताइएको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.