शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एबी मल सिरहा द्वारा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री
बैशाख ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख ८ - 
एबी मल सिरहा सुपर मार्केट प्रालि गोलबजार ६ द्वारा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ। लम्बिँदै गरेको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरुका लागि सोमबार एबी मलले खाद्यान्न लगायतको सामग्री सहयोग गरेको हो। एबी मल सिरहा सुपर मार्केटका संचालक जागिर अन्सारी र  म्यानेजर पिन्टु राउतले समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको पहलमा उहाहरु द्वारा लहान वडा १७ हरिपुर एकरतिया काे दलित बस्तिमा नागरिकता नभएका र समस्यामा परेका परिवार,असहाय, बिपन्न तथा एकल महिलाहरु लाई १० केजी चामल,१ केजी दाल, १ केजी पयाज, १ केजी नुन र १ पैकेट तेलगरि जम्मा ६५ घर परिवार लाई राहत वितरण गरेका छन। कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण गरिब तथा विपन्न परिवारहरु समस्यामा परेकाहरु लाई महेश चौधरी र संगिता कर्माचार्यको जोडी जस्ता मनकारीहरुले गर्दा लहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकट संग जुध्न बल मिलेको स्थानीय बुद्धिजीवीहरु बताउछन।

यी दुई जोडी लहानका विभिन्न वडाहरुमा गई राहत सामग्री बाँडने कामलाई निरन्तरता दिएका छन । विभिन्न मनकारीहरुको सहयोग र साथ लिई पिडितहरुको नामावली संकलन गर्दै राहत बाँडिरहेका छन । यसै बीच उनीहरुले तरेगना गोबिन्दपुरमा लहान स्थित महतो मेडिको सञ्चालक रामावतारको सहयोगमा २५ घरधुरीलाई चामल १० केजि , दाल १ केजि , आलु २ केजि , साबुन १ पिस , तेल १ प्याकेट, नुन १ प्याकेट बाँडेका हुन। भने चौधरी र कर्माचार्यकै अगुवाइमा आईतवार लहान नगरपालिका वडा नं-१६ का मुसहर बस्तीमा बिपन्न ,असहाय, एकल महिला, नागरिता नभएका हरुलाई १० केजी चामल,१ केजी दाल, २ केजी आलु, १ पैकेट तेल, १ केजी नून र १ पिस साबुन गरि  २५ घर परिवार लाई राहत बितरण गरेका छन। चौधरी र कर्माचार्यकै अगुवाइमा सोमबार गरिएको राहत वितरणमा एबी मल गोलबजार संगै  इन्टरफेस कम्प्युटर लहान ,अम्बिका अफसेट लहान र एपोलो ॐ स्कुलले पनि सहयोग गरेका छन। अहिलेको संकटको घडीमा गरिब तथा विपन्नहरु समस्यामा परेपछि सामाजिक दायित्व निर्वाह गर्दै  महेश चौधरी र संगिता कर्माचार्यको अगुवाइमा खाद्यान्न सहयोग गरिएको एबी मलका म्यानेजर राउतले जानकारी दिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.