शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लकडाउनका कारण दैनिक जीवन प्रभावित , लहान उच्च जोखिममा
बैशाख ९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख ९ - 
कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९ औं दिन पुरा भएको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको छ। लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ । अत्यावश्यक काम र सेवाहरुबाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि सिरहाको लहानका सडकहरुमा अत्यावश्यक सवारी साधनहरु भने चलेको देखिन्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेको देखिएका छन्। यस्तै बजारका मुख्य सडक र भित्री सडकहरुमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसलसम्म पुगेको दिनहु देखिन्छ ।

 यता सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँज लाई कडाई गरेका छन् । ईलाका प्रहरी कार्यलय लहानका डिएसपी सरत थापा क्षेत्री र शस्त्र प्रहरी वेसक्याम्प लहानका डिएसपी अर्जुन सापकोटा सहितको टोलि लहानको शहिद चौक लगायत बजारका विभिन्न चोकचोकमा बसेर सवारी साधन र पैदलयात्रीको चेकजाँच गरिरहेका छन्। विनाकारण सवारी साधन चलाई रहेका सवारी साधनहरु नियन्त्रणमा लिइरहेका छन् । भने विनाकाम हिनिरहेकाहरु लाई सम्झाई-बुझाई गरिरहेका छन्।

सरकारले वैशाख १५ गतेसम्म लकडाउनको समय तोकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ४२ पुगेको छ भने ५ जनालाई निको भइसकेको छ । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । यसै बीच उदयपुरको विभिन्न स्थानहरुमा लहानवासीको पनि आवत जावत भैरहेको हुँदा लहान पनि उच्च जोखिममा रहेको नागरिक समाजका अगुवाहरुको आवाज उठ्न थालेका छन। लहानका नागरिक समाजहरुले लकडाउनको पूर्ण पालना होस् र उदयपुरक्षेत्रमा आउजाउ पूर्ण रुपमा बन्द होस् भन्दै लहानको पुर्वी प्रवेश नाकाबाट उताका मान्छेलाई प्रवेशमा रोक लगाउन सम्बन्धित निकायसंग मांग गरेका छन। कुल संक्रमितमध्ये २४ जना त्रियुगा नगरपालिका भुल्केकै छन्।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.