शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मजदुर परिवारलाई खाद्यान्न सहयोग
बैशाख ९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख ९ - 
कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९ औं दिन पुरा भएको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको छ। लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ।दैनिक ज्याला मजदुरी गरेर दुई छाक टार्ने मजदुर परिवारहरु यसको प्रत्यक्ष मारमा परेको प्रष्ट देखन सकिन्छ। लकडाउनका कारण खान नपाएर भोकै बस्न बाध्य भएकाहरुलाई लहानका एक दलित समुदायका मनकारीले आफ्नै लागतमा मंगलबार राहत वितरण गरेका छन् ।
लहान नगरपालिका १ मतियार्वा ईलाका प्रहरी कार्यलय पछाडी घर भएका मनकारी राम गणेश दासले अहिले लकडाउनका कारण खान नपाएर भोकै बस्न बाध्य रहेका लहान वडा नम्बर १ ,२ र ३ का ४९ जना मजदुरका घर परिवारलाई आफ्नै निवासमा बोलाएर खाद्यान्न सामग्री  सहयोग गरेका हुन् । उनले चार जना परिवार सम्मका परिवार लाई प्रति परिवार १० किलो चामल, चार जना भन्दा बढी सदस्य भएका परिवारलाई २५ किलो चामल, ३ किलो आलु, २ किलो प्याज, १ किलो हरियो तरकारी , टमाटर ( गोलभेडा ) १ किलो, लौका १ थान , नून १ किलो उपलब्ध गराएका हुन् । 

यसै बीच लहान नगरपालिका वडा नम्बर ९ मा अवस्थित भाग्य सुरक्षा कृषि सहकारी संस्था लिमिटेडले वडामा रहेका ४० जना अति विपन्न मजदुर परिवारलाई राहत उपलब्ध गराएका छन। भाग्य सुरक्षा कृषि सहकारी संस्था लिमिटेडका अमृत लाल चौधरीका अनुसार वडाका ३५ जना सहयोगीहरुको आर्थिक र खाद्यान्न सहयोगमा ४० जना घर परिवारलाई १० किलो चामल ,१ किलो दाल ,२ किलो आलु ,आधि लिटर खाने तेल , १ केजी नुन संगै २ सय रुपैया नगद राहत स्वरूप उपलध गराइएको चौधरीले जानकारी दिएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.