शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म. स.जोडीको राहत वितरण कार्यक्रम जारि
बैशाख १२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख १२ - 
 कोभीड – १९ महामारी ले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक ज्यालादारीमा कामगर्ने मजदुरहरुको ओठमा मुस्कान ल्याउने उदेश्यका साथ म स जोडी यानिके महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरणको कार्यक्रम लाई निरन्तरता दिएको छ। यी दुई मनकारीहरुले गर्दा लाहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकटसंग जुध्न बल मिलेको छ ।  विभिन्न मनकारीहरुको सहयोग र साथ लिई चौधरी र कर्माचार्यले पिडितको नामावली संकलन गर्दै राहत बाँडिरहेका छन । यी दुई जोडीले शुक्रबार डाक्टर विभा मण्डल , श्याम गुप्ता र एपोलो ओम स्कुलको सहयोगमा ट्रान्सपोर्टमा ज्याला मजदुरी गरी खाने ३२ घर परिवार, लहान १ मा वसोबास गर्ने ७ घर परिवार मेसतर हरु र घर भाडामा बस्ने ७ घर परिवार लाई १० किलो चामल,१ किलो दाल,१ किलो आलु र १ किलो नुन राहत स्वरूप वितरण गरेका छन। आज गरिएको राहत वितरण कार्यक्रमा रेडियो सरगममा प्रसारित कार्यक्रम " जनताको आवाज " कार्यक्रमा सहभागी भई आफ्नो समस्या राख्नु भएका  घर भाडामा बस्ने  ३ घर परिवार लाई रेडियो सरगमको पहलमा राहत वितरण गरिएको छ ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.