शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा पहिलो दिन २४३ जनाको स्वाब संकलन
बैशाख १३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख १३ - 
सरकारले प्रदेश २ मा कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेको छ ।
प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सय भन्दा बढी स्वाब नमूना संकलनका लागि टोली परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसहितको टोलीले सिरहाका ६ वटा स्थानीय तहमा कोरोना भाइरस (कोभिड– १९) परीक्षणका लागि शनिबार देखि स्वाब संकलन सुरु गरेको छ। 

टोलीले सिरहा जिल्लाको सिरहा, लहान, मिर्चैया, गोलबजार र कल्याणपुर नगरपालिका तथा अर्नामा गाउँपालिकामा स्वाब संकलन गर्ने तालिका अन्तर्गत शनिबार पहिलो दिन लहान नगरपालिकामा ६९ जना, गोलबजार नगरपालिकामा ६४ जना , मिर्चैया नगरपालिकामा ६० जना र अर्नमा गाउँपालिकामा ५० जना गरि २४३ जनाको स्वाब संकलन गरिएको सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिनुभयो। जसमा गोलबजार नगरपालिकाको ६४ जना मध्ये १० जना धनगडीमाई नगरपालिकाको रहेको गोलबजार स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्णले जानकारी दिएका छन। त्यस्तै अर्नमा गाउँपालिकाको ५० जना मध्ये २ जना विष्णुपुर गाउँपालिकाको रहेको  स्वास्थ्य शाखा प्रमुख राम कुमार महतोले जानकारी दिए ।

बाँकी रहेका सिरहा नगरपालिका र  कल्याणपुर नगरपालिकामा भोलि आइतबार स्वाब संकलन गरिने जनाइएको छ। नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडिसिटी बाट आएको प्राविधिक टोलीले स्वाब संकलन सुरु गरेका हुन्। सिरहा सँगै सिमा जोडिएको उदयपुर जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सिरहामा उच्च सतर्कता अपनाउदै पिसिआर प्रविधिबाट परीक्षण गर्न स्थानीय तहमा स्वाब संकलन सुरु गरिएको जिल्ला अधिकारी गुरागाईंले बताउनु भयो।संकलित स्वाबको नमुना परीक्षण गर्नका लागि २४ घण्टा भित्र पठाउनुपर्ने भएको हुँदा आजै एम्बुलेन्स बाट शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल काठमाडौं पठाउन लागेको प्रजिअ गुरागाईंले बताउनु भयो।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.