शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कर्माचार्य द्वारा लहान प्रहरीलाई सुरक्षा सामग्री सहयोग
बैशाख १५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख १५ -
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको रोकथाम तथा नियन्त्रणका लागि नेपाल महिला संघ की केन्द्रिय सदस्य तथा समाजसेवी संगीता कर्माचार्यले ईलाका प्रहरी कार्यलय लहान र शस्त्र प्रहरी वेस क्याम लहानका सुरक्षाकर्मीहरुका लागि ४ सय मास्क र ४ सय हेन्ड गलोब्स उपलब्ध गराएकी छन। ईलाका प्रहरी कार्यलय लहानका प्रहरी प्रमुख (डिएसपी) सरत थापा क्षेत्री र शस्त्र प्रहरी वेस क्याम लहानका प्रमुख (डिएसपी) अर्जुन सापकोटाको उपस्तिथीमा ईलाका प्रहरी कार्यलय लहानमा पुगी कर्माचार्यले अपोलो ओम स्कुल लहानका प्रिन्सिपल तथा समाजसेवी महेश चौधरीले उपलब्ध गराउनु भएका व्यक्तिगत सुरक्षा सामग्री सर्जिकल मास्क र गलोब्स सहयोग गर्नु भएको हो। दिनप्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले रात-दिन नागरिकको सुरक्षाका लागि तत्पर सुरक्षाकर्मी लाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको कर्माचार्यले बताइन।

सुरक्षा सामग्री ग्रहण गर्दै डिएसपी सापकोटाले समाजसेवी संगीता कर्माचार्य र महेश चौधरीलाई लाई धन्यवाद ज्ञापन गर्दै अहिलेको यो जटिल अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सामाजिक उत्तरदायित्व बहन गरे कोरोनाविरुद्ध लड्न सकिने बताउदै यो महामारीबाट बचन आफ्नो सुरक्षाका साथ-साथै मानवजातिकै सुरक्षाका लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पूर्णरूपले पालना गर्न सम्पूर्ण लहानवासीमा आग्रह गर्नुभयो।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.