शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आजदेखि लहानमा लकडाउन कडा हुन्छ ; डिएसपी थापा
बैशाख १६, २०७७ | सरगम खबर समाचारदाता

लहान ,बैशाख १६ गते । प्रहरीले लकडाउनलाई थप कडा बनाउँदै लौजाने भएको छ । गृहमन्त्रालयको निर्देशन सँगै प्रहरीले लकडाउनलाई कडा बनाउँदै लौजाने भएको हो । पास बाहेकका सवारी साधन सडकमा कुदाउन नदिने लहान प्रहरीले बताएको छ ।

लकडाउनको बेला नियम उल्लंघन गर्नेहरुलाई कार्वाही गरिने ईलाका प्रहरी कार्यलय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिले बताए । हामी लकडाउनलाई पूर्ण पालना गराउने लागि परेका छौ थापाले भने । अहिले सडकमा र फुटपाथमा हिड्नेहरुलाई समेत नियन्त्रणमा लिने प्रहरीको भनाई छ ।

ईलाका प्रहरी कार्यालय मातहतका लहान लगायतका सहरहरुमा समेत कडाई गर्दै जाने ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ । तत्काल औषधी पसल बाहेक अत्यावश्यक पसलहरु समेत खोल्न नदिने प्रहरीले जनाएको छ । लकडाउनलाई पूर्ण पालना गर्ने पनि प्रहरीले सर्वसाधरणहरुलाई आग्रह गरेको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.