शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा संकलन गरिएका ३९७ स्वाब मध्ये १७५ को नतिजा
बैशाख १६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख १६ - 
सिराहाका स्थानीय तहमा कोरोना भाइरस (कोभिड– १९) परीक्षणका लागि शनिबार र आईतबार संगकन गरिएको ३९७ जनाको स्वाब   परिक्षण मध्ये १७५ जनाको रिपोर्ट निगेटिभ आएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन्। सरकारले प्रदेश २ मा कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि दुई दिने स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरि संगकलित   थ्रोट स्वाबको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल काठमाडौंमा पिसिआर विधिबाट गरिएको जाँचमा १७५ जनाको नतिजा निगेटिभ आएको छ। बाँकीको रिपोर्ट भोलि सम्म आइपुग्ने स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । संगकन गरिएको ३९७ जनाको स्वाब मध्ये लहान नगरपालिका क्षेत्रका ६९ र मिर्चैयाका क्षेत्र लगायतका १ सय ६ जना गरि १७५ जनाको नतिजा निगेटिभ आएको जनाइएको छ। 

त्यस्तै  जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयअनुसार जिल्लाका विभिन्न ठाउँबाट संकलन गरिएको ६४ जनाको स्वाबको पिसिआर परीक्षण गर्दा ६२ जनाको नतिजा समेत नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।  यसै बीच  कोरोना विशेष अस्पतालबाट मंगलबार बिहानसम्म तीन साता क्वारेन्टाइनमा बसेर ६ जना डिस्चार्ज भएका छन्। शेर गणका प्रमुख सेनानी जितेन्द्रकुमार गौलीका अनुसार क्वारेन्टाइनमा बसेका सहित कोरोनाको आशंकामा दैनिक जाँच गर्न आउनेहरूको आरडिटी जाँच गर्दा सबैको नतिजा निगेटिभ आएको छ। यसै बीच स्वास्थ्य कार्यालय सिराहाका अनुसार विभिन्न मितिमा सिराहाका विभिन्न ठाउँको क्वारेन्टाइनमा बसेका ४ सय ६१ जनाको थ्रोट स्वाबको पिसिआर विधिबाट गरिएको जाँचमा १ सय २२ जनाको नतिजा पनि निगेटिभ आएको छ। भने बाँकी रिपोर्ट आउन केहि दिन लाग्ने बताइएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.