शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा २८ बोरा म्याद गुज्रेको मैदा बरामद
बैशाख २१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख २१ -
स्थानीय बजारमा म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण भइरहेको सूचनाको आधारमा सिरहा लहानमा गरिएको अनुगमनको क्रममा २८ बोरा म्याद गुज्रेको मैदा बरामद बरामद भएको छ। ईलका प्रशासन कार्यलय लहान , खाद्य प्रविधि गुणस्तर कार्यालय राजविराज ,ईलाका प्रहरी प्रहरी कार्यलय लहान श्स्त्र प्रहरी क्याम लहान , उपभोक्ता महासंघ सिरहा सहितको टोलीले सिरहाको लहानको एक गोदाममा छापा मार्दा ५० किलोका २८ बोरा गरि १४ क्वीण्टल म्याद गुज्रेको मैदा बरामद भएको छ । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कमल राजभण्डारीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख ,उपभोक्ता महासंघ सिरहाका अध्यक्ष रमानन्द गुप्ता ,ईलाका प्रहरी कार्यलय लहानका डिएसपी सरत थापा क्षेत्री र श्स्त्र प्रहरी क्याम लहानका डिएसपी अर्जुन प्रसाद सापकोटाको संयुक्त टोलीले जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य , महासचिव अब्दुल करीम , कोषा अध्यक्ष विकाश सारडा , वडा नम्बर ५ का अध्यक्ष सुलेमान मिया अन्सारीको उपस्तिथिमा व्यापारी पवन मुन्धडाको गोदाम बाट म्याद गुज्रेको मैदा बरामद गरेको हो । इलाका प्रहरी कार्यलय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीका अनुसार गोदाम छापा मार्दा म्याद गुज्रेको मैदा बरामद भएपछि मैदा जफत गरिनुका साथै मुन्धडालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यलय लहानमा राखिएको बताउनु भयो।

बिरगंज खाद्य उद्योग प्रालि परवानीपुर पर्सा नेपाल द्वारा उत्पादित राजहंस ब्रान्ड उच्चस्तरको मैदा आधुनिक मेसिन बाट उत्पादित ५० किलो तौल लेखिएको बोरामा प्याक गरिएको २८ बोरा म्याद गुज्रिएको मैदा भेटिएपछि थप सोधपुछका लागि व्यापारी मुन्धडालाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको डिएसपी क्षेत्रीले बताए । यता खाद्य प्रविधि गुणस्तर कार्यालय राजविराजले म्याद गुज्रिएको मैदाको जाँचको लागि प्रदेश कार्यालय जनकपुर पठाउने उपभोक्ता महासंघ सिरहाका अध्यक्ष रमानन्द गुप्ताले जानकारी दिए |

‘बन्दावन्दीको वेला निरन्तर बजार अनुगमन र शुपथ मूल्यमा माल समानहरु पाउनुपर्ने, तर यस्तो अवस्थामा म्याद गुज्रिएका खाद्यपदार्थ खपत हुन सक्ने र समानको कृत्रिम आभाव देखाएर अनुचित नाफा लिन सक्ने चर्चा चलिरहेको वेला लहानमा पहिलो पटक एउटै गोदामबाट यति मात्रामा म्याद गुज्रिएको मैदा बरामद भएको हो।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.