शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तऋषि अस्पतालले लकडाउनको समयमा पनि सेवा दिदै
बैशाख २२, २०७७ | फिरोज शेख

फ़िरोज शेख लहान २०७७ बैशाख २२ - 
उदयपुरकी २४ वर्षीय समी तमांग चैत्र २५ गते लहानको सप्तऋषि अस्पताल पुगेकी थिइन् । सुत्केरी गराउन अस्पताल पुगेकी उनलाई कोरोनाको त्रासले डाक्टरले उपचार नगर्ने हुन् कि भन्ने डर थियो । तर आकस्मिक कक्षमा उनले स्वास्थ्य जाँच गराएर प्रसूति कक्षमा भर्ना भएर प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रंजीता जयसवाल संग अप्रेशन मार्फत सुत्केरी भईन। सिन्धुलीको दुधौली बाट आएकी एक जना महिलाले पनि नर्मल बच्चा पाएर घर फर्किएकी छन। त्यस्तै उदयपुरकी ३२ वर्षीय गीता बिक पनि हात भाचेको अवस्थामा सप्तऋषि अस्पताल आउँदा उहाँ लाई हाड़ जोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुभास बाबू साहको टिमले अप्रेशन मार्फत स्टील लगाएर सेवा प्रदान गरेका छन। समयमा उपचार पाएर घर फर्किने सबैले  डाक्टर र नर्सले राम्रो सेवा दिइरहेको प्रतिक्रि दिएकी छन।

सरकारले कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्न लकडाउन जारी गरेपछि अधिकांश निजी तथा सरकारी अस्पतालले आफ्नो सेवा नै बन्द गरेको अवस्थामा संगै उदयपुरको बिरामी लाई आफ्नो अस्पतालमा भर्ना समेत गर्न नमानिरहेको अवस्थामा सप्तऋषि अस्पतालले इमर्जेन्सी संगै चिकित्सकीय परामर्श सेवा दिइरहेका छन् । टाढाबाट हिँडेर वा एम्बुलेन्समा आएका बिरामीले सेवा पाइरहेका छन् । अस्पतालले नेपाल लक डाउन भएको ४२ औ दिन चलिरहदा निरन्तर इमर्जेन्सी सेवा मार्फत  रुघा खोकी तथा ज्वारो आएका विरामि, कुटपिटबाट घाइते भएका विरामि, प्रसुति विरामि, हात खुट्टा भाचिएको विरामि, डाइबिटीज ,थाईराइड, श्वासप्रस्वास् समस्या भएका विरामि, मुटु रोगका विरामि तथा विभिन्न किसिमको दुखाइ बाट पीड़ित भएका ८ सय ६८ जना बिरामी लाई स्वास्थ्य सेवा दिइएको प्रबंधक ऋषि रंजन चौधरीले जानकारी दिएका छन । कोरोनाको त्रास बढेपनि  सप्तऋषि अस्पातालले इमर्जेन्सी सेवा बन्द नगरेका कारण विरामीले उपचार पाएका छन् । अस्पतालमा उपचारका लागि आएका कुनैपनि बिरामीलाई नफर्काएको र उचित परामर्स समेत दिइएको अस्पतालका मेसु डाक्टर शुभास बाबु साहले जानकारी दिए। यद्यपी धेरै भीडभाड नगर्ने नीति अनुसार अस्पतालका केही कर्मचारीलाई भने विदामा राखिएको मेसु साहले बताए।

उनका अनुसार ओपिडीदेखि प्रशासनका केही कर्मचारीलाई उनीहरुले पाउने बिदा कतौटी हुने गरी बिदामा राखिएको छ । अहिले चाहिने जति जनशक्तिले बिरामी लाई स्वास्थ्य सेवा दिरहेका छन। आकस्मिक ( इमरजेन्सी), नर्सिङ, मेडिसिन लगायतका अत्यावश्यक कर्मचारीहरुलाई भने बिदा दिइएको छैन उनीहरु निरन्तर काममा खटिइरहेका छन्। आकस्मिक विभागमा म संगै  प्रसूति तथा स्त्री रोग  विशेषज्ञ डा. रंजीता जैसवाल, इमर्जेन्सी मेडिसिन विशेसज्ञ डा. संजीव कुमार साह, डा. प्रकाश सिंह,अन कलमा वालरोग विशेषज्ञ डा. अनिल कुमार यादव,जेनेरल मेडिसिन डा.लुस्यून कुमार यादव निरन्तर काममा खटिइरहेका छन्। कर्मचारिले व्यक्तिगत सुरक्षा कवच, मास्क, ग्लोब्स, फेस शील्ड लगाएर आफ्नो सेवा दिइरहेका छन। अस्पतालमा प्रत्येक दिन क्लोरीन पाउडर छर्कने,अस्पतालको मूल ढोका अगाडि साबुन पनीलीले हात धुने र सैनिटाइजर संगै मूल ढोकामै बिरामीको फीवर चेक गरी मात्र अस्पताल भित्र जाने व्यवस्था गरिएको छ। बिरामी लाई मास्क लगाउन अनिवार्य गरिएको छ। भने एक विरामि सँगै एक कुरुवा मात्र बस्ने नियम लगाइएको मेसु साहले बताए | यसअघि इमर्जेन्सीमा दैनिक ३० देखि ४० जना आउने गरेकोमा अहिले दैनिक १० देखि १२ जना बिरामी आउने गरेको प्रबंधक चौधरी बताउछन।

यसै बीच अस्पतालले ज्वरो आएको विरामीलाई छुट्टै क्लिनिक वार्ड बनाएर सेवा दिरहेको छ। कोरोनाभाइरसको त्रास पछि यस क्षेत्रका अस्पताल संगै  बिराटनगरका निजी तथा सरकारी अस्पतालले हत्तपत्त विरामीको उपचार गर्न मानिरहेका छैनन् ।अझ ज्वरो आएको विरामीलाई त उनीहरुले अस्पतालको गेटभित्रै छिर्न नदिने र सरकारी अस्पताल पठाउने गरेका छन् । कतिपय सरकारी अस्पतालले पनि ज्वरोका विरामीलाई उपचार गर्न नचाहेको कुराहरु पनि सार्वजनिक भएका छन्। तर सप्तऋषि अस्पतालले भने ज्वरो आएका विरामीका लागि छुट्टै क्लिनिक सञ्चालन गरिरहेको छ। ज्वरो आएको विरामीमा कोरोनाको शंका लाग्यो भने छुट्टै राखेर उपचार गर्ने र सामान्य ज्वरो हो भने विरामीलाई घर पठाउने गरेको चौधरीले जानकारी दिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.