शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म.स.जोडीले एकल महिलालाई राहत उलब्ध गराए
बैशाख २२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख २२ - 
सरकारले लकडाउन गरेको ४२ दिन बिति सकेको छ। लकडाउनको प्रत्यक्ष मारमा दैनिक ज्यालादारी गरि खाने मजदुर संगै एकल महिला र जेष्ठ नागरिकहरु परेका छन्। लकडाउनको बेला आर्थिक अभावको चरम मारमा परेका लहानका बासिन्दालाई समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले राहत उलब्ध गराएका छन। स्थानीय सरकारको आँखा पुग्न नसकेको लहान नगरपालिका भित्र रहेका ६० जना एकल महिला र जेष्ठ नागरिकहरु संगै केहि दैनिक ज्याला दारी गर्ने पिडित लाई शिवम रेन्बो स्कुल , न्यु मनोकामना स्कुल, सलहेश फुलबारी स्कुल, मनकारी जितन यादव र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा राहत सामग्री बितरण गरेका छन ।

एपोलो ॐ स्कुलका प्रिन्सिपल समेत रहनु भएका महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले आज सोमबार लक डाउनको प्रत्यक्ष मारमा परेका एकल महिला र जेष्ठ नागरिकहरु लाई १० किलो चमाल,१ किलो , १ आलू किलो ,१ प्याज़ ,  १ किलो परवल ( तरकारी ) र १ किलो नून सहितको राहत सामाग्री उपलब्ध गराएका छन। यी दुई जोडी नेपाल लकडाउन भएको पहिलो साता देखि नै लहानका विभिन्न स्थानमा रहेका दैनिक ज्याला मजदुरी गरि खाने ,अति विपन्नहरु लाई विभिन्न दाताहरुको सहयोग र सहकार्यमा राहत उपलब्ध गराउदै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै निकै चर्चामा रहेका छन ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.