शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म.स.जोडीको राहत अभियान जारि
बैशाख २३, २०७७ | फिरोज शेख

फ़िरोज शेख लहान २०७७ बैशाख २३ - 
म.स.जोडी अर्थात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत वितरण अभियान लाई निरन्तरता दिदै मंगलवार पनि विपन्न ,एकल महिला ,जेष्ठ नागरिक,दलित तथा असहायहरूलाई राहत उपलब्ध गराएका छन। यी दुई जोडीले नेपाल लकडाउन भएको पहिलो साता देखि नै लहानका विभिन्न स्थानमा रहेका दैनिक ज्याला मजदुरी गरि खाने ,अति विपन्नहरु लाई विभिन्न दाताहरुको सहयोग र सहकार्यमा राहत उपलब्ध गराउदै सामाजिक उत्तरदायित्व निर्वाह गरि रहेका छन। यी जोडीले मंगलबार पनि लहान नगरपालिका वडा -१२ भोटियाटोलका  ४० घरपरिवार लाई राहत वितरण गरेका छन।
सरकारले देशै भर कोरोना सङ्क्रमण फैलन नदिन गरेको लकडाउनको ४३ दिन बिति सकेको अवस्थामा लकडाउनको प्रत्यक्ष मारमा परेका भोटियाटोलका दैनिक ज्यालादारी गरि खाने मजदुर ,विपन्न ,एकल महिला ,जेष्ठ नागरिक,दलित तथा असहाय ४० घरपरिवारहरूलाई मनकारी नगेन्द्र साह ,सलहेश फुलबारी स्कुल र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा राहत सामग्री वितरण गरिएको महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले जानकारी दिएकि छिन। समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले लकडाउन पिडितहरु लाई १० किलो चामल , १ किलो आलू १ किलो प्याज़ किलो परवल(तरकारी) र १ किलो नून उपलब्ध गराएको सरगम खबर लाई जानकारी दिएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.