शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगरपालिका राहत कोषमा जेसिजको ४१ हजार सहयोग
बैशाख २४, २०७७ | फिरोज शेख

फ़िरोज शेख लहान २०७७ बैशाख २४ - 
लहान सिटि जेसिजले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि लहान नगरपालिकाद्वारा स्थापना गरिएको राहत कोषमा ४१ हजार ९ सय जम्मा गरेका छन्। लहान सिटि जेसिज वर्ष २०२० का अध्यक्ष बसन्त साह र निवर्तमान अध्यक्ष राजु मण्डलले नेपाल बैंकमा रहेको लहान नगरपालिकाको खातामा ४१ हजार ९ सय रकम डिपोजिट गरेको भाउचर सहित नगरप्रमुख मुनि साह लाई जानकारी गराएका छन्। लहान सिटि जेसिजले मानवताको सेवा नै जिबनको सर्बोतम कार्य हो , भन्ने मुलमन्त्र लाई आत्मसात गर्दै उक्त रकम लहान नगर पालिकाको राहत कोषमा गरिब, दलित तथा विपन्न लाई राहत उपलब्ध गराउने उदेश्यले आर्थिक सहयोग गरेको अध्यक्ष साहले बताएका छन्।

उक्त रकम लहान सिटि जेसिजमा आवद्ध विभिन्न विभिन्न सदस्यहरुको सहयोगमा एकीकृत गरिएको जानकारी दिए। सहयोगीहरुमा अध्यक्ष बसन्त साह ५१००, निवर्तमान अध्यक्ष राजु मण्डल ५०००, पुर्व अध्यक्ष राकेश झा ५०००, महासचिव मोनु साह ५०००, उपाध्यक्ष बिनोद महतो ५०००, पुर्व अध्यक्ष शंकर गुप्ता ३१००, मानार्थ सदस्य मनिष शारडा  २१००, सदस्य राकेश साह २१००, पुर्व अध्यक्ष राजाबाबु साह २०००, पुर्व अध्यक्ष कासिन्द्र यादव  २०००, उपाध्यक्ष प्रहलाद साह  २००० र सल्लाहकार गंगा यादवको १५०० सहयोग रहेको पत्र मार्फत जनाइएको छ।
लहान नगरपालिकाको राहत कोषमा यस अघि जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानले ५१ हजार , पतंजली योग जिल्ला कार्य समितिले ५ हजार,समग्र जन उत्थान केन्द्र १५ हजार ,राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन (NPABSON) ले १ लाख ६ हजार ५ सय ,विजय लघुवित्त वित्तीय संस्था लहान १० हजार आर्थिक सहयोग हुन आएको नगर प्रमुख मुनि साहले जानकारी दिनु भएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.