शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे धनगडी
बैशाख २५, २०७७ | फिरोज शेख

 म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै आज धनगडी माई नगरपालिका पुगेका छन। लकडाउन ( बन्दाबन्दि ) को मारमा परेका धनगडीमाई नगरपालिका अन्तर्गत रहेका पिडितहरु लाई राहत उपलब्ध गराएका छन। लकडाउनको प्रत्यक्ष मारमा परेकाहरु लाई राहत उपलब्ध गराउदै एका एक चर्चामा आएका समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले विहिबार पनि धनगडीमाई नगरपालिका -११ सोनापुरका ४० घर परिवार गरिब तथा विपन्न लाई खाद्यान्न सामग्री उपलब्ध गराएका छन। लम्बिँदै गरेको ‘लकडाउन’ का कारण समस्यामा परेका एकल महिला ,नागरिकता नभएका गरिब तथा विपन्न परिवारहरुका लागि यी दुई युगल जोडीले मनकारी जितन यादव ,ललिता यादव र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा १० किलो चमाल,१ किलो आलू,१ लिटर तेल , १ कोलो दाल र १ किलो नून सहित राहत उपलब्ध गराएको नेपाल महिला संघका केंद्रीय सदस्य तथा समाजसेवी कर्माचार्यले जानकारी गराएकी छिन।

कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरु लाई महेश चौधरी र संगिता कर्माचार्यको जोडी जस्ता मनकारीहरुले गर्दा लहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकट संग जुध्न बल मिलेको स्थानीय बुद्धिजीवीहरु बताउछन। नेपाल सरकारले  लकडाउन ( बन्दाबन्दि ) को आज ४५ औ दिन चलि रहेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.