शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि
बैशाख २६, २०७७ | फिरोज शेख

समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि 


समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले  राहत वितरण लाई निरन्तरता दिदै आज लहानको २ स्थानमा राहत वितरण गरेका छन्। लकडाउन ( बन्दाबन्दि ) को मारमा परेका लहान नगरपालिका अन्तर्गत रहेका पिडितहरु लाई राहत उपलब्ध गराएका छन। लकडाउनको प्रत्यक्ष मारमा परेका लहान नगरपालिका-७  पशुपति मा.बि. को जग्गा मा भाड़ामा बस्ने, चियापसल गरी बस्ने, घर भाड़ामा बस्ने दैनिक ज्याल्ला दारीको काम गर्ने,कलेज़ पढ़ने बिधार्थी तथा एकल महिला त्यस्तै लहान नगरपालिका-८ हुलाक़ टोलमा भाडेदार,दैनिक जयाला मजदुरी गरी खाने, नागरिकता नभएका बृध,एकल महिला,दलित तथा बिपन्न हरूलाई समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले शुक्रबार खाद्यान्न सामग्री उपलब्ध गराएका छन। 

लम्बिँदै गरेको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरुका लागि यी दुई युगल जोडीले माखन भोग स्वीटस एण्ड चार्ट ,लक्की इंटरप्राइजेज,सुभलक्ष्मी इंटरप्राइजेज, मनकारी जितन यादव,ललिता यादव र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा प्रति परिवार १० किलो चमाल,१ किलो आलू,१ लिटर तेल , १ कोलो फर्सी, १ किलो दाल र १ किलो नून सहित १०५ परिवार लाई शुक्रबार राहत उपलब्ध गराएको समाजसेवी चौधरीले जानकारी दिएका छन्। यी दुई युगल जोडी कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरुको सहारा बन्दै गइरहेको स्थानिहरु बताएछन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.