शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रगत अभाव हुन थालेपछि युवा संघ द्वारा लहानमा रक्तदान
बैशाख २८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख २८ - 
रेडक्रसद्वारा लहानमा सञ्चालित सिराहा जिल्लाको एक मात्र रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि राष्ट्रिय युवा संघ नेपाल सिरहा द्वारा लहानमा रक्तदान कार्यक्रम गरिएको छ। नेपाल सरकारले कोरोन कोभिड-१९ रोकथामका लागि गरेको लकडाउन ( बन्दाबन्दी) मा रक्तदान गर्नेको संख्या घटे पछि स्थानीय रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि आइतबार सिराहाको लहान ७ मा अवस्थित राम मन्दिर नजिक  संघका युवा , नेकपाका नेताहरु , प्रहरी लगायत सर्वसाधारणहरुले रक्तदान गरेको छ । लहानस्थित रक्त सञ्चार केन्द्रमा रगतको अभाव हुँदा बिरामी अप्ठ्यारोमा पर्न थालेपछि राष्ट्रिय युवा संघ नेपालले रक्तदान गरेको हो।

 रक्तदान स्थललाई पहिला स्यानिटाइज गरेर रक्तदान गरिएको जनाइएको छ। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति सिराहा द्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको संघका सिराहा सहसंयोजक आशानन्द यादवले जानकारी दिएका छन। प्रदेश २ सभा सदस्य लगनलाल चौधरी द्वारा मैनबत्ती बालेर रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो। सामाजिक दूरी कायम गरि भएको कार्यक्रममा संघका सिराहा संयोजक राजेश यादव , नेकपाका युवा नेता विजय कुमार गुप्ता , रियासत लिमि र सुरेन्द्र साहले भीडभाड व्यवस्थापनमा सहयोग गरेका थिए। रेडक्रसद्वारा लहानमा सञ्चालित सिराहा जिल्लाको एक मात्र रक्त सञ्चार केन्द्रमा चैतको दोस्रो सातादेखि नै रगत अभाव भइरहेको केन्द्रका इन्चार्ज प्रदीपकुमार यादवले जानकारी दिएका छन। 

विकासको काममा कसै लाई काखापाखा हुदैन
कार्तिक ८, २०७७ | फिरोज शेख
चौथो वर्षमा कामको रफ्तार बढ्ने -
आश्वीन १२, २०७७ | फिरोज शेख
छिन्नमस्ता गापामा १७ बुदे मागसहित ज्ञापनपत्र
भाद्र २४, २०७७ | शुभ नारायण यादव
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.