शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे दलित बस्ति
बैशाख २८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख २८ - 
सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले राहत वितरण लाई निरन्तरता दिदै आइतबार लहान नगरपालिका १९ को दलित बस्तीमा पुगेका छन। लकडाउन ( बन्दाबन्दि ) को मारमा परेका लहान १९ मा वसोबास गर्दै आइरहेका मुसहर ,राम तथा पासवान वस्तीमा रहेका नागरिकता नभएका,वृद्ध,एकल महिला,असहाय दलित परिवारलाई राहत उपलब्ध गराएका छन। लकडाउनको प्रत्यक्ष मारमा परेकाहरु लाई लकडाउन भएको पहिलो साता देखिने  लहानको १, ३, ५,७, ८, १२ , १३, १४, १६, १७, २४ लगायतका वडाहरुमा वसोवास गर्ने अति विपन्न , दैनिक ज्याला मजदुरी गरि खाने लकडाउन पिडितहरु लाई राहत उपलब्ध गराउदै एका एक चर्चामा आएका समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीलेआइतबार पनि लहान -१९ का एक सय पच्चीस घर परिवार गरिब तथा विपन्न लाई खाद्यान्न सामग्री उपलब्ध गराएका छन।  यी दुई युगल जोडीले मनकारी जितन यादव र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा १० किलो चमाल,आधि लिटर तेल , १ कोलो दाल ,१ किलो नून सहित स्याविन तरकारी राहत उपलब्ध गराएको नेपाल महिला संघका केंद्रीय सदस्य तथा समाजसेवी कर्माचार्यले जानकारी गराएकी छिन।

कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरु लाई महेश चौधरी र संगिता कर्माचार्यको जोडी जस्ता मनकारीहरुले गर्दा लहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकट संग जुध्न बल मिलेको स्थानीय बुद्धिजीवीहरु बताउछन। नेपाल सरकारले  लकडाउन ( बन्दाबन्दि ) गरेको ४८ औ दिन चलि रहेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.