शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ५ बाट बालिका करणीको आरोपमा एक जना पक्राउ
बैशाख ३१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख ३१ - 
सिरहाको लहानमा १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा एक जना लाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका-५ की १० वर्षीया बालिकालाई सोमबार करणी गरेको आरोपमा सोही ठाउँका एक जना लाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । पक्राउ पर्नेमा लहान नगरपालिका ५ बस्ने ४३ वर्षीय कैलाश गोसाई रहेका छन् । बालिकासँग करणी गरेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय लहानबाट डिएसपी शरत थापा क्षेत्रीको कमान्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवं एसपी जयराज सापकोटाले जानकारी दिनुभयो। पक्राउ परेका गोसाई लाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको तथा पीडित तथा पीडकको स्वास्थ परीक्षण लगायत आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी थापा क्षेत्रीले जानकारी दिएका छन।

 

छठ घाट बाट कटुवा पेस्तोल र
मंसिर ६, २०७७ | फिरोज शेख
भारि मात्रामा लागु औषध सहित एक
मंसिर ४, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.