शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एबी मलले आफै गरे म्याद गुज्रेका पियपदार्थ नष्ट
जेठ १, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेष्ठ १ - 
लकडाउनको अवस्थामा सिरहा जिल्लामा म्याद गुज्रेका सामानहरु विक्री वितरण भइरहेको व्यापक जन गुनासो आइरहदा प्रदेश २ कै पहिलो र एक मात्र सुविधा सम्पन्न एबी मल सिरहा सुपर मार्केट प्रालिले सराहनीय कार्य गर्दै आफै म्याद गुज्रेका पियपदार्थहरु नष्ट गरेका छन। एब मलका म्यानेजर पिन्टु राउतका अनुसार लकडाउनको अवस्थामा उपभोक्ताहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै म्याद गुज्रेका २५० मिलि ,५०० मिलि लगायत २ लिटर २५ मिलि लिटरका पेप्सी ,मिरिनडा,सेभेन अप लगायतका पियपदार्थहरु गोलबजार नगरपालिका ,गोलबजार व्यपार संघको उपस्तिथिमा करिब एक सय बोतल भन्दा बढी म्याद गुज्रेका पियपदार्थ आफैले नष्ट गरेको जानकारी दिएका छन।

साथै स्वास्थ्यकर्मी,सुरक्षाकर्मी ,खाद्यान सामग्री विक्री गर्ने पसलेहरु सेवामा जुटी रहदा सिरहाको गोलबजारमा संचालित एबी मल सिरहा सुपर मार्केट प्रालिले साबुन ,पानि ,सेनीटाइजरको व्यवस्थापन सहित सामाजिक दुरी कायम गरि २ /२ मिटरको दुरीमा गोलो घेरा बनाई सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी, संचारकर्मी लगायत अन्य उपभोक्ताका लागि सुलभ दरमा खाद्यान सामग्री उपलब्ध गराई रहेका छन।

एब मलका म्यानेजर राउतका अनुसार लकडाउनको अवस्थामा बजारमा कालो बजारी गर्नेहरुको बिगबिगी बढ्न थाले पछि दैनिक उपभोग्य सामान उपलब्ध गराउने उदेश्यले सरोकार बालाहरुको छलफल पश्चात सामाजिक दुरी कायम गरि बाहिरै एक -एक पिस खाद्यान सामग्रीहरु डीसप्ले गरि ८ जना कर्मचारी खटाई ग्राहक वर्ग लाई सुलभ दरमा  खाद्यान सामग्रीहरु २०७६ चैत्र १५ गते देखि नै उपलब्ध गराई रहेको अवस्थामा उपभोक्ताहरुको सल्लाह सुझाव संगै कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको प्रत्यक्ष मारमा परेका यस क्षेत्रका कृषकहरुको तरकारीहरु खरिद गरि उपभोक्ता वर्गलाई सुलभ दरमा उपलब्ध गराउदै एउटा छुटै ब्लकमा ताजा खसी मासुको समेत  व्यवस्था गरिएको जानकारी दिएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.