शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ४ का अति विपन्न ६० जनालाई समाजसेवी चौधरी र
जेठ ३, २०७७ | फिरोज शेख

 

फिरोज शेख लहान २०७७ जेठ ३ -
कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको सनिबार ५४ दिन पुरा भएको छ।कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको अवस्था छ। लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ। दैनिक ज्याला मजदुरी गरेर दुई छाक टार्ने मजदुर परिवारहरु यसको प्रत्यक्ष मारमा परेको प्रष्ट देखन सकिन्छ। लकडाउनका कारण खान नपाएर भोकै बस्न बाध्य लहान ४ का अति विपन्न , ज्याला मजदुर संगै भिक्षा मांगी खाने ६० जना परिवारलाई लाई शनिबार समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले राहत उपलब्ध गराएका छन। यी दुई जोडीले राहत वितरण कार्यक्रम लाई निरन्तरता दिदै लहान नगरपालिका वडा नं-४ सुन्दरपुरका ३४ घर परिवार र इस्लामपुरका २६ घर परिवार लाई राहत उपलब्ध गराएका छन। समाजसेवी चौधरी र कर्माचार्यले विभिन्न मनकारीहरुको सहयोगमा सनिबार ६० घरपरिवार लाई १० किलो चमाल,१ किलो आलु ,आधि लिटर तेल र १ किलो आयो नून राहत स्वरूप वितरण गरिएको समाजसेवी महेश चौधरीले जानकारी दिएका छन्। नेपाल सरकारले जारि गरेको  लकडाउन देखिको अवस्था देखि नै गरिब ,असहाय ,एकल महिला ,दैनिक ज्याला मजदुरी गर्ने हरुको पहिचान गरि राहत उपलब्ध गराउदै आइरहेका छन।

लोटरी क्लव र नेपाल प्रजापति (कुम्हार) संघ लहान

यसै बीच रोटरी कल्व लहानले सनिबार लहान १५ अन्तर्गत माेहनपुर,ढाेढणा,लगराहा टाेलमा जम्मा १ सय २१ गरिब ,विपन्न र दलित घर परिवारलाई राहत सामग्री उपलब्ध गराएका छन्। रोटरी कल्व लहानका अध्यक्ष सुशील अग्रबाल लगायत समपुर्न सदस्यहरुको उपतिथिमा राहत उपलब्ध गराइएको रोटरी कल्व लहानका बिनोद साहले जानकरी दिनुभयो ।

त्यसतै नेपाल प्रजापति (कुम्हार) संघ लहान समितिले सनिबार एक सय कुम्हार जातिका घर परिवारलाई चामल १० किलो,तेल आधि लिटर,
लुगा धुने र नुहाउने साबुन ,सोयाबिन २५० ग्राम ,नुन १ किलाे, आलु १ किलो , दाल १ किलाे उपलब्ध गराएको स्थानीय युवा संजिव पण्डितले जानकारी दिएका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.