शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिराहामा कोरोना संक्रमण पुष्टि भएसँगै लहानमा लकडाउन थप कडा
जेठ ४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ ४ - 
सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै सिरहा सहित लहानमा लकडाउनलाई थप कडा बनाउने तयारी थालिएको छ। शनिबार लकडाउन पालना गराउन प्रहरीले कोरोना सम्बन्धि जनचेतना जगाउदै म्याकिंग गरेका छन।  सखुवानन्कारकट्टी गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै लहान पनि उच्च जोखिममा रहेको ठहर गर्दै ईलाका प्रहरी कार्यलय लहान , शस्त्र प्रहरी वेस क्याम्प लहान र जिल्ला ट्राफिक प्रहरी कार्यलयका संयुक्त प्रहरी टोलीले लहानमा म्याकिंग सहित मार्चपास गर्दै लकडाउन पालना गर्न सम्पूर्ण नगरवासी लाई घरमै रही सुरक्षित रहन आग्रह गरेका छन। 

ईलाका प्रहरी कार्यलय लहानका डिएसपी सरत थापा क्षेत्री र शस्त्र प्रहरी वेस क्याम्प लहानका डिएसपी अर्जुन सापकोटाले म्याकिंग गर्दै अति आवश्यक काम बाहेक कोहि घुमेको फेला परेमा ,पास बाहेकका सवारी साधन सडकमा गुडाएको पाइएमा नेपालको प्रचलित कानुन बमोजिम सजायका साथै दिन भर होल्ड जोनमा राखिने बताएका छन। डिएसपी थापाले आइतबार देखि लकडाउनलाई कडा बनाउँने जनाएका छन । हामी लकडाउनलाई पूर्ण पालना गराउन लागि परेका छौ । ईलाका प्रहरी कार्यालय मातहतका सबै क्षेत्रमा समेत थप कडाई गरिएको ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ । तत्काल औषधी पसल बाहेक अत्यावश्यक पसलहरु समेत खोल्न नदिने प्रहरीको भनाइ छ । लकडाउनलाई पूर्ण पालना गर्न सम्पूर्ण सर्वसाधरणहरुलाई आग्रह समेत गरेका छन। कोरोना भाइरस संक्रमणबाट बचाउन नेपाल सरकारले गत चैत ११ गतेदेखि नै देशभर लकडाउन गरेको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.