शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
औषधि व्यवसायीको हत्यामा लहानका युवा र श्रीमतीको संलग्नता
जेठ ५, २०७७ | सरगम खबर समाचारदाता

शेख मिडिया हाउस प्रालि न्युज डेस्क विराटनगर २०७७ जेठ ५ - 
विराटनगर महानगरपालिका–१० मा औषधि व्यवसाय गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको हत्यामा लहानका युवा र श्रीमतीको संलग्नता रहेको पुष्टि भएको छ। प्रहरीका अनुसार श्रीमतीले प्रेमीसँग मिलेर आफ्नै श्रीमान हत्या गरेको खुलेको हो। हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लहान नगरपालिका –११ पडरियाटोलका २१ वर्षीय ब्रहमदेव साहको संलग्नता रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई कर्तव्य ज्यान मुद्दा चलाउन र थप अनुसन्धान अघि बढाउनका लागि पक्राउ गरिसकिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । 

सुनसरीको खनार घर भएका दुलालले विराटनगर–१० मा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधि डिलर सञ्चालन गरेका थिए । त्यही डिलरमा चार वर्षदेखि काम गर्थे साह । त्यस क्रममा श्रीमतीसँग हिमचिम बढेको चाल पाएपछि पाँच महिना अघि दुलालले उनलाई कामबाट निकालिदिएका थिए ।कामबाट निकालिदिए पनि मीनासँगको उनको सम्पर्कले भने निरन्तरता पाइरहेको थियो । त्यो कुरा पनि दुलालले चाल पाएपछि श्रीमान र श्रीमतीबीच झगडा भएको प्रहरीको भनाइ छ । आफूहरुको प्रेममा बाधक बनेको भन्दै मीनाले साह सँग सल्लाह गरेर गत शुक्रबार श्रीमानको हत्या योजना बनाएको प्रहरी स्रोतले जनाएको छ । मीना र साहबीच एक वर्ष देखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।पूर्व योजनाअनुसार नै दुई जनाले हातमा पञ्जा लगाएर घाँटीमा प्लाष्टिकको डोरीले कसेर हत्या गरेको एसपी अधिकारीको भनाइ छ । शनिबार राति दुलालको घरमा औषधि व्यावसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । उनीहरु राति ९ बजे त्यहाँबाट निस्किएका थिए । त्यसपछि राति ११ बजे मीनाले साहलाई बोलाएर दुई जनाले मिलेर दुलालको हत्या गरेको प्रहरीको भनाइ छ ।

ब्रहमदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेको थाहा पाएर प्रतिकार गर्ने क्रममा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ । सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पुर्याइएको थियो । अस्पतालमा उनलाई मृत घोषित गर्दै चिकित्सकले मृत्यु संकापद रहेको जनाएपछि घटनाका बारेमा अनुसन्धान थालिएको एसपी अधिकारीले बताउनु भयो।
प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीबाट फेला पारेको छ । 

छठ घाट बाट कटुवा पेस्तोल र
मंसिर ६, २०७७ | फिरोज शेख
भारि मात्रामा लागु औषध सहित एक
मंसिर ४, २०७७ | फिरोज शेख
गोलबजार बाट ६ लाख भन्दा बढी
कार्तिक २७, २०७७ | फिरोज शेख
लागु औषध (गाँजा) सहित एक पक्राउ
कार्तिक १८, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.